• १६ भदौ २०८१, आइतबार

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

blog

प्रतिकात्मक तस्बिर

अमरराज नहर्की

तनहुँ, कात्तिक १९ गते। पृथ्वीराज मार्गमा पर्ने व्यास नगरपालिका-५ चापाघाट ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

माथिल्लो गुणादीबाट दमौली जाँदै गरेको ग १ त ६७३५ नम्बरको इट्टा बोकेको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा घाइते चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

लमजुङको मध्य नेपाल नगरपालिका-९ दुई पिप्ले बस्ने  २५ वर्षीय सञ्जय श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले जानकारी दिनुभयो।

घाइते श्रेष्ठको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा शुक्रबार मृत भएको हो।  ट्याक्टर अनियन्त्रित भएर सडकको नालीमा खस्दा सो दुर्घटना भएको थियो।