• ७ मंसिर २०८१, शुक्रबार

नेप्से परिसूचक ६.४३ अङ्कले गिरावट

blog

काठमाडौं, कात्तिक २१ गते । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक ६.४३ अङ्क घटेर १९५८.९४ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.१९ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.३९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अङ्क घटेको छ ।

कारोबारमा आएका २२४ कम्पनीको ४९ लाख ४४ हजार कित्ता शेयर दुई अर्ब १० करोड ९१ लाख रुपियाँ बराबरको खरिद बिक्री भएको छ । नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार भने दुई अर्बभन्दा बढीको शेयर कारोबार भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा बढी १.०६ प्रतिशत बढेको छ भने जीवन बीमा, लगानी, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ भने विकास बैंक, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

धौलागिरी लघुवित्तको शेयर मूल्य ८.१३ प्रतिशत बढेको छ भने जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य यसदिन करिब ७ प्रतिशत बढेको छ । तर यता, ग्लोबल आइएमई लघुवित्त र सपोर्ट माइक्रो फाइनान्सको शेयर मूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ ।

आजको कारोबारमा शेयर मूल्य बढ्ने र घट्ने सबै लद्युवित्तहरु छन् । आज कारोबार रकमका आधारमा जाल्पा लघुवित्तको १५ करोड १६ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको ११ करोडभन्दा बढीको शेयर खरिद बिक्री भएको छ ।