• १३ साउन २०८१, आइतबार

सुर्खेतमा हेलिकोप्टर बस्न नसकेपछि प्रचण्ड सल्यानमा अवतरण

blog

सल्यानमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्ड । तस्बिर : सौजन्य प्रतिक भट्टराई

राजन राउत 

हुम्ला, कात्तिक २२ गते । कर्णालीका हिमाली जिल्लाका चुनावी सभालाई सम्बोधन गर्न आउन लाग्नुुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सुर्खेतमा हेलिकोप्टरले अवतरण गर्न नसकेपछि सल्यान गएर अवतरण गरेको छ । 

सुर्खेतमा बाक्लो हुस्सुुले ढाकेको कारण हेलिकोप्टरले अवतरण गर्न नसकेपछि सल्यान गएर अवतरण गरेको हो । 

हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले पूर्व प्रधानमन्त्री प्रचण्ड चढेको हेलिकोप्टर सुुर्खेतमा गएर बाक्लो हुस्सुुको कारण अवतरण गर्न नसकेर सल्यान गएर अवतरण गरेको बताउनुुभयो । उहाँले प्रचण्ड चढेको हेलि सुर्खेतको हुस्सुु खुल्ने बित्तिक्कै आएर कर्णालीका तीन जिल्लाका लागि उहाँ आउने बताउनुुभयो ।

सल्यानमा प्रचण्डले केही समय सञ्चारकर्मीसँग कुराकानी गर्नुभएको सल्यानका पत्रकार प्रतीक भट्टराईले बताउनुुभयो । उहाँले सल्यानमा अध्यक्ष प्रचण्ड केही समय बसेर हेलिबाट सुुर्खेततर्फ लाग्नुुभएको बताउनुुभयो । मङ्गलबार प्रचण्डले जुुम्ला, हुम्लाको सर्केगार्ड र कालिकोटको चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ । उहाँसँगै काँग्रेस उपसभापति पूर्णबहादुुर खड्का पनि आउने कार्यक्रम छ भने सर्केगार्डको कार्यक्रममा कर्णालीका मुख्यमन्त्री जीवनबहादुुर शाहीलाई समेत प्रचण्डले सँगै लैजाने कार्यक्रम  छ ।