• १६ भदौ २०८१, आइतबार

मतदाताको मन जित्न सफल भएको छु: उम्मेदवार सिंह

blog

घरदैलाेमा मतदातासँग भाेट माग्नुहुँदै उम्मेदवार सिंह ।

गाेरखापत्र अनलाइन

काठमाडाैँ, कात्तिक २२ गते । काठमाडाैँ क्षेत्र नम्बर – १ का प्रतिनिधि सभा उम्मेद्वार रहनुभएका प्रकाशमान सिंहले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासका कारण मतदाताको मन जित्न सफल भएको बताउनुभएकाे छ। आज घरदैलाे कार्यक्रमका क्रममा उहाँले उक्त कुरा बताउनुभएकाे हाे ।

पछिल्लो समय चुनावी कार्यक्रममा व्यस्त रहनुभएका सिंह आज पनि चुनावी घरदैलो कार्यक्रमका लागि निरन्तरता दिनुभएकाे छ । यस क्षेत्रबाट आफूलाई मतदाताले तीन पटक विश्वास गरेको तर शुरुमा संविधान निर्माणमा व्यस्त रहनुपरेकाले अघिल्लाे कार्यकालमा मात्र विकासको योजना जनतासामु लगेकाे बताउनुभयो । सुकुम्बासी समस्या व्यवस्थापनदेखि लिएर सामुदायिक विद्यालय सुधारका लागि पनि आफूले कार्य गरेको बताउनुभयो । 


उहाँले सोही कारण पनि यस पटक मतदाताहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको बताउनुभयो । यस पटक विकासका कामका विषयलाई लिएर जन गुनासो कम रहेको उहाँले बताउनुभयो । मतदाताले मेलम्ची पानीको बारे गुनासाे गरेको बताउँदै उहाँले केही समय कुरिदिन आग्रह गरेको बताउनुभयो । 


विगतमा पनि कांग्रेस र आफ्नो नेतृत्वमा यहाँका जनताका ससाना निमन्त्रणालाई स्वीकार गर्दै जनताका आवश्यकता तथा गुनासोहरु नजिकबाट सुन्ने र समाधान गर्ने गरेको भएर मतदाताले यस पटक पनि कांग्रेस र आफूलाई बहुमत दिने विश्वास व्यक्त गर्नुभयो । विकासका काम साथै संविधान कार्यान्वयन गर्न कांग्रेससहित गठबन्धनलाई मत दिन उहाँले आग्रह गर्नुभयो ।