• १६ भदौ २०८१, आइतबार

देशभित्र आम्दानी र रोजगारी सृजना गर्छौः नेता पौडेल

blog

मतदातासँग भाेट माग्नुहुँदै उम्मेदवार पाैडेल ।

अमरराज नहर्की

तनहुँ, कत्तिक २२ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य पदको तनहुँ–१ का उम्मेदवार रामचन्द्र पौडेलले गठबन्धन मुलुकलाई अग्रगमनतिर लैजान गरिएको बताउनुभएको छ ।

व्यास नगरपालिका–३ देउराली नगरमा आज गरिएको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले प्रतिगामीहरुलाई परास्त गर्न, शहीद तथा सपूतको बलिदानी, त्याग, तपस्यालाई साकार पार्न गठबन्धन गर्नुपरेको बताउनुभयो । जात, लिङ्ग र भूगोलको आधारमा गरिने सबै प्रकारका विभेदबाट उन्मुक्ति दिने संविधान  हाम्रो दक्षिण एसियाकै उत्कृष्ट छ’ नेता पौडेलले भन्नुभयो । 

युवालाई देशभित्रै आम्दानी र रोजगारी सृजना गर्नको लागि आफू उम्मेदवार बनेको वरिष्ठ नेता पौडेलको भनाइ थियो  । व्यासको १०८ फिट अग्लो मूर्ति निर्माणकार्य प्रारम्भ भएको, १४० मेगावाट तनहुँ जलविद्युत् आयोजनाका काम भइरहेको, तल्लो सेती जलविद्युत् आयोजना, २३ करोडको लागतमा वाताअनुकूल सभागृह निर्माण जस्ता जस्ता ठूला ठूला योजनाहरुका  काम तनहुँमा भइरहेको पौडेलले बताउनुभयो ।

व्यासको अग्लो मूर्ति निर्माण, व्यास पार्क निर्माण गरी व्यासको जन्मभूमि तनहुँमा करोडौं नेपालीहरुको आस्थाको केन्द्र बनाई पर्यटनमा फड्को मार्ने कार्य पूरा गर्न उम्मेदवार बनेको नेता पौडेलले बताउनुभयो । साथै, उहाँले अव्यवस्थित बसोबासीलाई चाडै नै लालपुर्जा प्रदान गरिने बताउनुभयो  ।

व्यास नगरपालकालाई देशकै नमुना सहर बनाउने दाबी नेता पौडेलले गर्नुभयो । व्यास नगपालिकाका ३ को  देउराली नगर र ऋषिङ–१ को झापुटार जोड्ने मोटर गुड्ने पुल निर्माण भइरहेको र त्यसलाई छिटो सम्पन्न गर्ने बताउनुभयो ।

नेपालको संविधान दक्षिण एसियाकै उत्कृष्ट रहेको र त्यसको संरक्षण गर्न गठबन्धन गर्नुपरेको उहाँको तर्क थियो । तनहुँ–१ को ‘क’ बाट प्रदेश सभा सदस्यका उम्मेदवार अशोककुमार श्रेष्ठले तनहुँको यसअघि एमालेको तर्फबाट सङ्घ तथा प्रदेश सभा जितेका नेताहरुले जनताको काममा बेवास्ता गरेको आरोप लगाउनुभयो ।