नेपाली श्रमिकले विदेशमा काम गरेर स्वदेशमा पठाउने विप्रेषणको रकमले नेपाली अर्थतन्त्रलाई धेरै मात्रामा भरथेग गरेको यथार्थ हो। नेपालले वार्षिक २० खर्ब रुपियाँ हाराहारीको आयातमा विप्रेषणले आधा हिस्सा लिएको छ। कतिपय विज्ञको भनाइमा यही विप्रेषणका कारण नेपालको वैदेशिक व्यापार धानेको छ। व्यापार घाटा अत्यधिक हुँदाहुँदै पनि विदेशी वस्तु आयातमा विप्रेषण निकै सहयोगी भूमिका खेलिरहेको छ। गत वर्षको आँकडा मात्र केलाउने हो भने पनि वैदेशिक रोजगारीका निम्ति साढे तीन लाखभन्दा बढी नेपालीले अन्तिम श्रम स्वीकृति लिएका थिए। विदेश जाने ती नेपालीहरूले विप्रेषणबापत गत वर्ष आठ अर्ब डलरभन्दा बढी अर्थात् दस खर्ब सात अर्बभन्दा बढी रु
आगामी निर्वाचनमा गठबन्धनको आवश्यकता र औचित्य पुष्टि गर्नुपर्ने अवस्था बाँकी छैन । संसद्मा एकलौटी बहुमत हुँदा प्रधानमन्त्रीका हैसियतमा केपी शर्मा ओलीले देखाएको हैकमवादका विरुद्ध गठबन्धन भएको थियो । अहिले पनि उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीजस्तो पश्चगामी तत्वको सहारामा चुनाव लड्ने प्रयत्नमा हुनुहुन्छ । एमालेको यो रणनीति कम्युनिस्ट नेता मोहनविक्रम सिंहले भन्नुभएको प्रतिगमनको खतरा टरेको छैन भन्ने भनाइलाई पुष्टि गर्न पर्याप्त छ । जुन कारणबाट गठबन्धन प्रारम्भ भएको थियो, त्यसको मूलमा सबै दल फेरि एक पटक आइपुगेका छन् । त्यस कारण प्रदेश सभा र प्रतिनिधि सभामा एमालेलाई उसको हैसियतमा स्थापित गरिदिनु अरू दलको दायित्व भएको छ । गठबन्धनको औचित्यका बारे गठबन्धन दलभित्र कतिपय नेताका असहमति वा आपत्ति छन् भने बुझ्नुपर्छ, त्यो उनीहरूको स्वार्थसँग बाझिएको छ ।
झापामा विद्युतीय तथा अन्य विभिन्न अव्यवस्थित तारले मानवीय तथा भौतिक क्षतिहरु हुन थालेपछि जिल्ला प्रशासन कार्यालय झापाले यसलाई व्यवस्थित गर्नका लागि बिद्युत प्राधिकरणका कार्यालयहरूलाई निर्देशन दिएको छ ।
सञ्चारमाध्यममा दिनहुँजसो बलात्कार, जबरजस्ती करणी तथा यौनजन्य गतिविधिका घटनाले स्थान पाइरहेको देखिन्छ। कलाकार, खेलाडी, शिक्षकदेखि लिएर नातातर्फ हेर्दा बा, हजुरबा, दाइ, मामा, काका, छिमेकी पनि पिडकको रूपमा यस्ता घटनामा संलग्न भएका देखिन्छन्। जसले गर्दा नाबालक छोरी, किशोरी, महिला अनि वृद्ध आमाहरू पनि हरेक स्थानमा आफूलाई असुरक्षित भएको महसुस गरिरहेका हुन्छन्।
आधुनिकीकरणसँगै संसारमा विकासका नयाँ मान्यता स्थापित हुँदै गए। पूर्वाधार नै विकासको आधार भयो। तीन दशकअघिको सूचना प्रविधिको तीव्रताले त्यसमा बढोत्तरी ल्याइदियो। औद्योगिक क्रान्तिले अठारौँ र उन्नाइसौँ शताब्दीमा युरोपमा गरेको विकासकै निरन्तरता अहिलेको आर्थिक तथा सामाजिक विकासको सांसारिक मोडल हो। यही पूर्वाधार मोडलसमेत हो। व्यापारबाटै अपार हासिल गर्ने औद्योगिक क्रान्तिको मोडलका निम्ति व्यापक पूर्वाधार आवश्यक प-यो। सडक, यातायात, विद्युत्, विमानस्थल, रेल सेवा, व्यापारिक भवन, सुविधासम्पन्न सहर सबै आधुनिक विकासका निम्ति पूर्वाधार नै हुन्। पूर्वाधार आफैँ विकास होइन, विकासको आधारशीला हो। मानिसलाई प्रगति गर्ने साधन हो। आवश्यकता, लागत लाभको विश्लेषणले विवेकपूर्ण तवरले विस्तार गरिएको पूर्वाधार विकासले आर्थिक तथा सामाजिक विकासको जग बसाउँछ। त्यसका विपरीत नारा, देखावटीपन वा भ्रष्टाचारका निम्ति मात्र पूर्वाधार बनाइयो भने कुनै पनि देश अहिलेको श्रीलङ्का जस्तै हुन्छ। ऋणको पासोमा पर्छ र देश नै असफल हुन्छ।
मानवको गर्भावस्थादेखि आठ वर्षसम्मको समय बालविकास उमेर हो। यो अवस्था मानव विकासको जग निर्माण हुने संवेदनशील र महत्त्वपूर्ण अवस्था हो। मानव जीवनका यी सुरुवाती वर्षमा बालबालिकाको मस्तिष्क निर्माण र बौद्धिक विकास तीव्र हुन्छ भन्ने तथ्य विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएको छ। यो उमेरमा सिकेका र अनुभव गरेका आधारभूत ज्ञान, सीप, व्यवहार र बानी नै भावी जीवनका आधारशिलाका रूपमा स्थापित हुने गर्दछन्। व्यक्तित्व विकासको समग्र स्वरूप नै यही समयमा निर्धारण हुने भएकाले यस समयमा गरिने लगानी र पु¥याइने हेरविचार मानव जीवनका लागि महत्त्वपूर्ण तथा यसको प्रतिफल उच्च हुने कुरा प्रमाणित भइसकेको छ। त्यसैले यस अवस्थामा उपयुक्त वातावरण दिन सकेमा बालबालिकाको सर्वाङ्गीण विकास समुचित ढङ्गले हुन्छ। अनि मात्र हरेक अभिभावकले आफ्ना सन्ततिका बारेमा देखेको सपना साकार हुन सक्छ।
सरकारले १० वटा निर्माण कम्पनीलाई डेढ वर्षसम्म कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सोमबार सूचना प्रकाशन गर्दै कालोसूचीमा पर्ने १० वटा कम्पनी र ठेकेदारको नाम सार्वजनिक गरेको छ ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले उत्तरी नाका खुला र सहज बनाउन विशेष पहल भइरहेको बताउनुभएको छ । मन्त्री खड्काले उत्तरी नाकाबाट चीन र तिब्बतसँग व्यापार गर्ने व्यापारी तथा सिन्धुपाल्चोकका जनप्रतिनिधिसँगको भेटमा आइतबार सो जानकारी गराउनुभएको हो । सो प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री खड्काले दुवै नाका पूर्ण रूपमा सञ्चालन गर्न चिनियाँ सरकारसँग छलफल भइरहेको जानकारी दिनुभयो । “दुवै नाकाबाट चाँडोभन्दा चाँडो आयात र निर्यात सहज बनाउन विशेष पहल गरिरहेको छु, दशैँअघि नै आपूर्ति सहज हुने हिसाबले चिनियाँ सरकारसँग सकारात्मक कुरा अगाडि बढेको छ,” परराष्ट्रमन्त्री खड्कालाई उद्धृत गर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष होमबहादुर बस्नेतले बताउनुभयो ।
‘सारेगमप लिटिल च्याम्स’ विजेता कृपा पौडेलको आवाजमा ’तिमीसँग एक छिन’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतमा मन्दिरा ढुंगेलको शब्द रहेको छ भने कल्याण सिंहले गीतको एरेन्ज गर्नुभएको छ ।
दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने गरी पूर्वाधार संरचना निर्माण तथा लगानी प्रवद्र्धन गर्न उद्देश्यले लगानी बोर्ड नेपालले बृहत् छलफल गर्ने भएको छ । बुधबार काठमाडौँमा हुने उक्त ‘दिगो पूर्वाधार लगानी फोरम’मा लगानीकर्ता, निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैङ्क तथा वित्तीय संस्था, विज्ञ÷विशेषज्ञको सहभागिता रहने बोर्डले जनाएको छ ।
पश्चिम नवलपरासीको पुरानो नगरपालिका रामग्राम नगरपालिका अहिले नगर क्षेत्रमा अतिक्रमणमा परेका सरकारी जमिनको संरक्षणमा जुटेको छ। नगरपालिकाको अधिकार क्षेत्रभित्र रहेको नगरपालिकाका विभिन्न वडामा अतिक्रमण भएका वा अतिक्रमणको सँघारमा रहेका पर्ती एवं सरकारी जग्गालाई रामग्राम नगरपालिकाले नापनक्सा गरी संरक्षणमा लागेको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताउनुभएको छ।
जुम्ल्याहा उपमहानगरपालिका घोराही र तुलसीपुरको खानेपानी समस्या समाधान गर्न बबई नदीको पानी लिफ्टिङ गरेर ल्याउने प्रक्रिया सुरु गरिएको छ। यी दुई उपमहानगरपालिकामा महाभारत पहाडबाट मुहानको पानीको धारा वितरण गरिँदै आइएको छ। सहरमा जनसङ्ख्या वृद्धि भएसँगै उपत्यकाको तल्लो तटीय क्षेत्र भएर बग्ने बबई नदीको पानीलाई उपयोगमा ल्याउन थालिएको हो। करिब ५० वर्षअघि तुलसीपुर बजार क्षेत्रमा साबिकको हलवार गाविस मूलकोटबाट खानेपानीको जोहो गरिएको थियो।
मङ्शिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङको क्षेत्र नं २ बाट नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महरा र नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको प्रतिस्पर्धा हुने निश्चित जस्तै भएको छ ।
सामुदायिक विद्यालयमा आफ्ना नानीबाबुहरू पढाउन धेरै अभिभावकले रुचि राख्दैनन् । प्रायःजसो अभिभावकको रोजाइ निजी विद्यालय नै पर्दछ तर यहाँको एक सामुदायिक विद्यालयमा अभिभावकहरू बालबच्चालाई भर्ना गर्न हुरुक्कै हुन्छन् । बेनी बजारमा अवस्थित बेनी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीमैत्री शैक्षिक वातावरण, पठनपाठन र सिकाइ तरिकाले विद्यार्थी आकर्षित भएका छन् ।
दोलखाको भीमेश्वर नगरपालिका–५, पीपलबोट घुम्तीमा निर्मित ज्येष्ठ नागरिक भवनले यहाँका स्थानीय ज्येष्ठजनलाई आकर्षित बनाएको छ । मनका पिरमर्कालाई बिर्सिएर मन बहलाउने थलोका रूपमा विकसित हुनथालेपछि भवनप्रति ज्येष्ठजन आकर्षित हुनथालेका भन्दै ९१ वर्षीया विष्णुमाया खड्काले खुसी व्यक्त गर्नुभयो । “लक्का जवान माहिलो छोरो हराएर अहिलेसम्म पत्तो लागेको छैन । श्रीमान् पनि बितेपछि एक्लै भएको अनुभवले सताउँछ”, उहाँले भन्नुभयो, “जेठो र कान्छो छोराले राम्रै गरे पनि यो उमेरमा एक्लै हुनुपरेको दुखेसो यो भवनमा आएपछि बिर्सन्छु । मन बहलाएर मनोरञ्जन गर्न पाएकोमा धेरै खुसी छु । बाँचिरहे हरिया बुटा देख्न पाइन्छ भन्थे, हो रहेछ ।”