साताको दोस्रो कारोबारको दिन सोमवार पनि नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से सूचक १३.५४ अङ्कले घटेर १९१२.७४ बिन्दुमा झरेको छ ।
हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त)बीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल हुने भएको छ ।
प्रधान सेनापति प्रभुराम शर्माले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षा प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
काठमाडौं, भदौं, २७ गते । गायक कमल खत्री र गायिका मेलिना मैनालीले 'इन्गेजमेन्ट' गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत दुईले तस्विर सार्वजनिक गर्दै 'इन्गेजमेन्ट' गरेको जानकारी दिनुभएको हो । "जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं," दुवै जनाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । कमल नेपाली सङ्|गीतिक क्षेत्रका चर्चित गायक तथा सङ्गीतकार हुन् भने मेलिना मैनाली रियालिटी सो भ्वाइस अफ नेपालबाट सङ्गीत क्षेत्रमा आउनुभएको हो ।
आन्तरिक राजस्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृतले तीस हजार घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ । कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग तीस हजार घुस माग गर्नुभएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त राजदूतद्वय हरिश्चन्द्र घिमिरे र डिल्लीराज पौडेलले राजदूत पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
बाँके र बर्दिया निकुञ्ज वरिपरिका क्षेत्रमा आएर बाघले मानिसमाथि आक्रमण गर्नेक्रम छोडेको छैन । बर्दियामा बाघको आक्रमणबाट स्थानीय झुठारु थारूको मृत्यु भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाउन प्रयास गरेका ११ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । अध्यक्ष ओली सोमबार पार्टी प्रवेश तथा सभामा सहभागी हुन जनकपुर आउनुभएको छ । अध्यक्ष ओलीलाई नागरिकता नपाएका युवाले कालो भण्डा देखाउने प्रयास गरेका थिए ।
चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । गत सेप्टेम्बर ५ मा गएको यस भूकम्पमा परी अझै २५ जना बेपता रहेका छन् ।
इन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मूपात्र जात्रा आज (सोमबार) साँझदेखि सुरु हुने भएको छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारेको मूपात्र जात्रा भक्तपुरमा तीन दिन मनाइन्छ ।
कपिलबस्तुको कपिलबस्तु नगरपालिका ६ र ९ जोड्ने रामजकिया खोलामा पुल बनेपछि स्थानीय खुशी भएको छन् । काठको पूलबाट जोखिमपूर्ण यात्रा गर्दैआएका सगरहवावासीले अब रामजकिया खोलामा दुःख झेल्नुपर्ने दिनको अन्त्य भएको बताएका छन् ।
पाँचथरको कुम्मायक गाउँपालिका –२ घर भई हाल दक्षिण कोरियामा कार्यरत गजेन्द्र सेर्माले स्थानीय सिद्व सरस्वति माध्यमिक विद्यालय मङजावुङलाई १४ थान कम्युटर हस्तान्तरण गर्नुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा रहेको बताउनुभएको छ । आइतवार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष गोल्छाले सो बताउनुभएको हो ।
डिभिजन वन कार्यालय तनहुँले आइतबार एक अजिङ्गरलाई उद्धार गरेको छ । पृथ्वी राजमार्ग विस्तार गर्नेक्रममा फेला परेको अजिङ्गरलाई उद्धार गरिएको हो । पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका –१२ घाँसीकुवा नजिक जलविरेमा फेला परेको अजिङ्गरलाई उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । कामदारले सो अजिङगर फेला परेपछि डिभिजन वन कार्यालयमा खवर गरेका थिए ।