• ११ असोज २०८१, शुक्रबार

विद्यालयलाई १४ थान कम्प्युटर

blog

राधा लुइटेल

फिदिम, भदौ २७ गते । पाँचथरको कुम्मायक गाउँपालिका –२ घर भई हाल दक्षिण कोरियामा कार्यरत गजेन्द्र सेर्माले स्थानीय सिद्ध सरस्वती माध्यमिक विद्यालय मङ्जाबुङलाई १४ थान कम्प्युटर हस्तान्तरण गर्नुभएको छ ।

कार्यालय प्रयोजनसँगै विद्यार्थीलाई प्रविधिमैत्री शिक्षण सिकाइमा सहयोग पुर्‍याउने उद्देश्यले सो कम्प्युटर वितरण गरिएको सेर्माले जानकारी दिनुभयो ।

करिब तीन लाख मूल्य पर्ने कम्प्युटर प्रधानाध्यापक पूर्णकुमार सेर्मालाई सोमवार हस्तान्तरण गरिएको छ । कम्प्युटर हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती र वडाध्यक्ष बालकृष्ण सेर्मालगायत जनप्रतिनिधि, शिक्षक र विद्यार्थीको सहभागिता थियो । विद्यालयले सोही कार्यक्रममा सेर्मालाई कदरपत्रमार्फत सम्मान गरेको थियो ।