• १६ भदौ २०८१, आइतबार

गायक कमल र मेलिनाले गरे 'इन्गेजमेन्ट'

blog

गायक कमल खत्री र गायिका मेलिना मैनाली ।

काठमाडौं, भदौं, २७ गते । गायक कमल खत्री र गायिका मेलिना मैनालीले 'इन्गेजमेन्ट' गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत दुईले तस्विर सार्वजनिक गर्दै 'इन्गेजमेन्ट' गरेको जानकारी दिनुभएको हो । 

"जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं," दुवै जनाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । 

कमल नेपाली सङ्|गीतिक क्षेत्रका चर्चित गायक तथा सङ्गीतकार हुन् भने मेलिना मैनाली रियालिटी सो भ्वाइस अफ नेपालबाट सङ्गीत क्षेत्रमा आउनुभएको हो ।