कैलालीको घोडाघोडी नगरपालिकामा दुईवटा पक्की पुल बन्ने भएका छन्। वडा नम्बर २ को चितलपुर–जोकाहा बीचमा पर्ने बौराहा खोला र वडा नम्बर ८ को तारानगर–कल्जुकीको बीचमा पर्ने बौराहा खोलामा यसै वर्षदेखि निर्माण कार्य सुरु हुने भएको छ। उक्त पक्की पुलको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले शनिबार शिलान्यास गरेपछि पुल निर्माण कार्यले औपचारिकता पाएको हो। शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री साउदले खोलामा पुल नहुँदा वर्षाको समयमा स्थानीयलाई आवागमनमा समस्या भएकाले पनि पुल निर्माण महत्वपूर्ण भएको बताउनुभयो। पक्की पुल निर्माण भएपछि यस क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको भनाइ छ। आफ्नो क्षेत्रमा भएका जीर्ण काठे पुल विस्थापित गर्ने लक्ष्यका साथ यसै वर्ष थप अर्को पक्की पुलको निर्माण कार्य सुरु हुनेसमेत राज्यमन्त्री साउदले बताउनुभयो।
‘कृति अवार्डको १२औँ संस्करण शनिबार होटल सोल्टीमा सम्पन्न भएको छ। आन (एड्भरटाइजिङ एसोसिएसन अफ नेपाल)ले विगत १२ वर्षदेखि उक्त अवार्ड समारोह आयोजना गर्दै आएको छ। कार्यक्रममा आयोजक आनका अध्यक्ष सोम धितालले कृति अवार्ड विज्ञापन सिर्जनालाई सम्मानार्थ दिइएको बताउनुभयो। अवार्डमा २०७६ वैशाख १
इन्द्रजात्राकै सिलसिलामा हुनमानढोकास्थित झन्डै १५ फिट अग्लो अनुहार रहेको श्वेतभैरवको मुखबाट प्रसादका रूपमा जाँडको धारा बगाइएपछि महिलाहरू ठेलामठेल गर्दै जाँड पिउन तम्सिएको देखिन्थ्यो। वर्षभरि हनुमानढोकास्थित नौझ्याले घरमा बन्द हुने श्वेतभैरव येँया पुन्ही, अर्थात् इन्द्रजात्रामा सार्वजनिक प्रदर्शनमा आएपछि एक दिन महिलाहरूले मात्र श्वेतभैरव (हाथु द्यः)को मुख आएको जाँडको प्रसाद पिउने प्रचलन रहिआएको छ।
कैलालीमा डेङ्गु सङ्क्रमण बढिरहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले घर वरिपरि सरसफाइ गर्न जिल्लावासीलाई आग्रह गरेको छ। डेङ्गुबाट जोगिने उपायमध्ये सरसफाइ सबैभन्दा उत्तम विधि रहेको भन्दै सो कार्यालयले घर वरिपरि सफा राख्न र पानी जम्न नदिन आग्रह गरेको हो। सरसफाइ गरेमा डेङ्गु रोग सार्ने लामखुट्टेको वृद्धि रोकिने जनाइएको छ।
दार्चुलाका बाढीपहिरोपीडितलाई राहत वितरण गर्न सुरु गरिएको छ। जिल्ला विपत् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो। अविरल वर्षासँगै शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति गरेको छ। हालसम्म छ जनाको शव फेलापरेको, १० जना अझै बेपत्ता रहेका र पाँच जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्तप्रमुख एवं प्रहरी निरीक्षक जगत् गाहामगरले जानकारी दिनुभयो।
दर्ता राजस्वमा छुट, सरकारी अनुदान र बैङ्कबाट ऋण पाउने लोभले रुकुमपश्चिममा पछिल्लो समय महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढ्दो छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुमपश्चिमका अनुसार कार्यालयमा दर्ता हुन आएका उद्योगी तथा व्यवसायीमा महिलाको सङ्ख्या बढिरहेको छ। कार्यालयका सूचना अधिकारी शेरबहादुर ओलीले गत आर्थिक वर्षमा दर्ता भएका ६३० वटा व्यवसायमध्ये ३२४ वटा महिलाको नाममा दर्ता भएको पाइएको छ। पुरुषको नाममा उद्योगतर्फ १९९ र वाणिज्यतर्फ १०७ वटा गरेर ३०६ वटा व्यवसाय दर्ता भएका छन्। कार्यालयको तथ्याङ्कअनुसार महिलाको नाममा १६४ वटा उद्यम र १६० वाणिज्यतर्फका व्यवसाय दर्ता भएका छन्।
गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा(कोइराला) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।
जाजरकोटका सातवटा स्थानीय तहमध्ये बारेकोट गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट काम गरेको छ। जिल्ला स्वास्थ्य सेवा कार्यालयको वार्षिक समीक्षामा बारेकोटले विगत वर्षझैँ यस वर्ष पनि प्रथम स्थान हासिल गरेको जनाइएको छ। स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख नवराज कँडेलका अनुसार ४३ वटा सूचकमा गरिएको तथ्याङ्कमा बारेकोटले ६६.७१ प्रतिशत प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो।
मनरासिस्वा नगरपालिकाले नगर क्षेत्रभित्र रहेको सडकमा सहज आवागमन बनाउन सडक खाली गराउने अभियान चलाएको छ। स्थानीयले सडकमा जथाभावी सरसामान थुपार्नुका साथै घरपालुवा जनावरसमेत सडकमै बाँध्ने गर्नाले आवागमनमा कठिनाइ हुँदै आएको गुनासोपछि नगरप्रमुख मोहन पाण्डेयको नेतृत्वमा सडक खाली गराउने अभियान सुरु गरिएको हो। नगरपालिकाले एक साताअघि सार्वजनिक सूचना जारी गरी नगर क्षेत्रभित्रका सडक खाली गर्न गराउन अनुरोध गरेका थिए। नगरपालिकाको सूचनाको अटेर गरी स्थानीयले सडक खाली नगरेपछि नगरप्रमुख पाण्डेयले नगरपालिकाको १० जना कर्मचारी, सम्बन्धित वडाका वडा अध्यक्ष, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त टोली बनाई सडक खाली गराउने अभियान सुुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले बताउनुभयो।
बर्दिबासमा भाइरल ज्वरोपछि डेङ्गुको प्रकोप देखा परेको छ। ‘आडेस’ नामक लामखुट्टेको टोकाइबाट हुने डेङ्गुका बिरामी भदौ महिनादेखि चिन्ताजनक रूपमा बढ्न थालेको बर्दिबास अस्पतालले जनाएको छ। आइतबारसम्म १४ जनामा डेङ्गुको सङ्क्रमण देखा परेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णा महर्जनले जानकारी दिनुभयो।
जिल्ला सदरमुकामसमेत रहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल बजार कुरूप बन्दै गएको छ। जथाभावी बिछ्याइएको तारले बजार क्षेत्र कुरूप देखिन थालेको हो। बजारको बीचमा विद्युत्का पोल (खम्बा)हरू गाडिएका छन्। सोही पोलबाट विद्युत्को तार, नेपाल टेलिकमका तार र विभिन्न नेटका तारहरू छरपस्ट तरिकाले टाँगिएका छन्। जसले गर्दा दिक्तेल बजारका रूप बिग्रँदै गएको छ। बजार क्षेत्र रत्नपार्क (किराँत चोक)देखि हाडडाँडासम्म नै जथाभावी तारहरू टाँगिएका छन्। कतिपय ठाउँमा तारले तल सडकसम्म छुन लागेकाले सवारीसाधन आवतजावतदेखि सडकमा काम गर्नसमेत समस्या भएको स्थानीय विशाल राउत बताउनुहुन्छ। ‘यता हे¥यो तार, उता हे¥यो तार, यसले दिक्तेल बजारको सुन्दरतामा ह्रास आएको छ। यसको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जाओस्’ स्थानीय गुनराज सैजुले भन्नुभयो।
लमजुङको दोर्दी र त्यसका सहायक खोलाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । लमजुङको बेँसीसहर नगरपालिकाको उदिपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइनमा आइतबारदेखि विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
घाँस काट्ने क्रममा लडेर तनहुँकी एक गर्भवती महिलाको आईतबार साँझ मृत्यु भएको छ । ऋषिङ्ग गाउँपालिका–३ सोलुङ्ग निवासी २४ वर्षीया दरिमाया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस वर्षको दशैँमा चीनको तिब्बती क्षेत्रबाट हुम्लालगायत साबिक कर्णालीका हिमाली जिल्ला र सुदूरपश्चिम प्रदेशको बझाङ र बाजुराका लागि च्याङ्ग्रा नआउने भएका छन् । कोरोना महामारीका कारण हुम्ला जिल्लामा पर्ने तिब्बतका चारवटा नाका बन्द रहेका कारण च्याङ्ग्रा ल्याउन समस्या भएको हो । यतिखेर हिल्सा, लाप्चा, चुवाँखोला र ताँके नाकाबाट दशैँका लागि चीनको तिब्बती क्षेत्रबाट च्याङ्ग्रा आउन सुरु हुनुपर्ने हो । तर, अहिलेसम्म एउटा च्याङ्ग्रा पनि भित्रिएको छैन । यसअघि असार साउनमै आउनुपर्ने च्याङ्ग्रा पनि आएनन् ।