• १६ भदौ २०८१, आइतबार

कृति अवार्डको १२औँ संस्करण

blog

काठमाडौँ, भदौ २७ गते ।  ‘कृति अवार्डको १२औँ संस्करण शनिबार होटल सोल्टीमा सम्पन्न भएको छ। आन (एड्भरटाइजिङ एसोसिएसन अफ नेपाल)ले विगत १२ वर्षदेखि उक्त अवार्ड समारोह आयोजना गर्दै आएको छ।

कार्यक्रममा आयोजक आनका अध्यक्ष सोम धितालले कृति अवार्ड विज्ञापन सिर्जनालाई सम्मानार्थ दिइएको बताउनुभयो। अवार्डमा २०७६ वैशाख १ देखि २०७८ चैत मसान्तसम्म गरिएका विज्ञापन तथा प्रवद्र्धनात्मक रचना तथा कामलाई समावेश गरिएको धितालले जानकारी दिनुभयो।  ३१ वटा विभिन्न विधाको अवार्डस्का लागि ४५ वटा एजेन्सीले सहभागिता जनाएकोमा विभिन्न १५ एजेन्सीले ५० वटा पुरस्कार पाएका छन्।

पुरस्कार पाउने एजेन्सीमध्ये मेकवेज प्रालिले १९ वटा, बिजनेस एड्भान्टेज–५, प्रिज्मार्क मार्केटिङ–५, आउटरिच नेपाल–४, डिजिटलाइन–४ अभानी एड्भरटाजिङ–३, एएनएस क्रिएसनले –२ र म्याक्स मिडिया, प्रिज्मा एड्भरटाइजिङ कन्सर्ट वान, डीएनए टेक्नोलोजी, मार्स प्रालि, कि एड्भरटाइजिङ, सुश्री मिडिया र ह्याप्पी वक्र्सले १–१ वटा अवार्ड जितेका छन्। अवार्डको मुख्य प्रायोजकमा गोल्डन ओक, पावर बाइमा बाल्ट्रा र डिस होम रहेको छ। त्यसैगरी कार्यक्रमको अन्य प्रायोजकमा बैङ्किङ पार्टनरका रूपमा मुक्तिनाथ विकास बैङ्क लिमिटेड, ट्राभल पार्टनरमा गुरु ट्राभल्स, सपोर्टेड वाईमा आईटीपीएफ, प्रभु बैङ्क, सफ्टी हाइजिन, सेल पे, र राष्ट्रिय वाणिज्य बैङ्क रहेका थिए।