मटिहानी नगरपालिकाले कृषि क्षेत्रलाई टेवा पुग्नेगरी कृषि सडकमा पनि लगानी बढाउँदै लगेको जनाएको छ । कृषकले उत्पादन गरेको अन्न फसल खेतबाट घरसम्म ल्याउन प्रयोग गरिने सडकमा र खोलामा पुल निर्माण थालेको छ ।
रुसले कब्जा गरेका २० बस्ती फिर्ता गरिएको युक्रेनले दाबी गरेको छ । रुसले कब्जा गरेका बस्तीहरू फिर्ता गर्ने आक्रामक रणनीति अन्तर्गत ती २० बस्ती फिर्ता गरिएको उनीहरूले बताएका छन्
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले पछिल्लो समय साल्ट ट्रेडिङ कर्पोरेशनले अपेक्षित रुपमा नाफा गर्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
बैतडीमा डेङ्गु र स्क्रब टाइफसका सङ्क्रमित बढ्न थालेका छन् । यहाँ १३ जनामा डेङ्गु र ४१ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालय बैतडीले डेङ्गुको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ ।
सरकारले संघीय शिक्षा ऐन छिट्टै नै जारी गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोबीच भेटवार्ता भएको छ । नेम्वाङ र इन्फान्टिनोबीच सोमबार कतारको दोहामा भेटवार्ता भएको हो ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सोमबार बिहानदेखि बालुवाटारमा जारी रहेको छ ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाउनेगरी जारी गरिएको निर्वाचन आचारसंहिता तत्काल हटाउन निर्वाचन आयोगसँग आग्रह गर्नुभएको छ । बहुदलीय राजनीतिक प्रणालीमा नेताहरु नै मन्त्री हुने हुनाले निर्वाचन प्रचार प्रसार गर्न नमिल्ने भन्ने कुरा नहुने उहाँको भनाइ छ ।
विभागीय टोलीको नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा सोमबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ७६ रनले हरायो ।
एनएसजेएफ खेल पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार जयदेव गौतम र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट गीता राई सम्मानित हुनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आफ्नो २७औं स्थापना दिवसको अवसरमा सोमबार गौतम र राईलाई सम्मान गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजा ९५९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १७९ जनामा कोरोना पुष्टि भएको हो ।
साताको दोस्रो कारोबारको दिन सोमवार पनि नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से सूचक १३.५४ अङ्कले घटेर १९१२.७४ बिन्दुमा झरेको छ ।
हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त)बीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल हुने भएको छ ।
प्रधान सेनापति प्रभुराम शर्माले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षा प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
काठमाडौं, भदौं, २७ गते । गायक कमल खत्री र गायिका मेलिना मैनालीले 'इन्गेजमेन्ट' गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत दुईले तस्विर सार्वजनिक गर्दै 'इन्गेजमेन्ट' गरेको जानकारी दिनुभएको हो । "जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं," दुवै जनाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । कमल नेपाली सङ्|गीतिक क्षेत्रका चर्चित गायक तथा सङ्गीतकार हुन् भने मेलिना मैनाली रियालिटी सो भ्वाइस अफ नेपालबाट सङ्गीत क्षेत्रमा आउनुभएको हो ।