नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाउन प्रयास गरेका ११ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । अध्यक्ष ओली सोमबार पार्टी प्रवेश तथा सभामा सहभागी हुन जनकपुर आउनुभएको छ । अध्यक्ष ओलीलाई नागरिकता नपाएका युवाले कालो भण्डा देखाउने प्रयास गरेका थिए ।
चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । गत सेप्टेम्बर ५ मा गएको यस भूकम्पमा परी अझै २५ जना बेपता रहेका छन् ।
इन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मूपात्र जात्रा आज (सोमबार) साँझदेखि सुरु हुने भएको छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारेको मूपात्र जात्रा भक्तपुरमा तीन दिन मनाइन्छ ।
कपिलबस्तुको कपिलबस्तु नगरपालिका ६ र ९ जोड्ने रामजकिया खोलामा पुल बनेपछि स्थानीय खुशी भएको छन् । काठको पूलबाट जोखिमपूर्ण यात्रा गर्दैआएका सगरहवावासीले अब रामजकिया खोलामा दुःख झेल्नुपर्ने दिनको अन्त्य भएको बताएका छन् ।
पाँचथरको कुम्मायक गाउँपालिका –२ घर भई हाल दक्षिण कोरियामा कार्यरत गजेन्द्र सेर्माले स्थानीय सिद्व सरस्वति माध्यमिक विद्यालय मङजावुङलाई १४ थान कम्युटर हस्तान्तरण गर्नुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा रहेको बताउनुभएको छ । आइतवार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष गोल्छाले सो बताउनुभएको हो ।
डिभिजन वन कार्यालय तनहुँले आइतबार एक अजिङ्गरलाई उद्धार गरेको छ । पृथ्वी राजमार्ग विस्तार गर्नेक्रममा फेला परेको अजिङ्गरलाई उद्धार गरिएको हो । पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका –१२ घाँसीकुवा नजिक जलविरेमा फेला परेको अजिङ्गरलाई उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । कामदारले सो अजिङगर फेला परेपछि डिभिजन वन कार्यालयमा खवर गरेका थिए ।
श्रीलङ्काली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलङ्कालीहरुबाट प्राप्त रेमिटेन्सले आर्थिक सङ्कटमा परेको देशमा राहात मिलेको बताउनुभएको छ ।
वरिष्ठ पत्रकार देवेन्द्र गौतम बीएण्डबी अस्पताल भर्ना हुनुभएको छ । नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवम् प्रकाशक गौतमलाई निमोनिया देखएपछि उहाँले बीएण्डबी अस्पतालको भेन्टिलेटरमा उपचाररत हुनुहुन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन आग्रह गरेको छ ।
महानगरका प्रमुख वालेन्द्र साहले काठमाडौं उपत्यकाको नेवाः सभ्यताले नेपालको परिचय दिने भएकाले यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो ।
सिरियाको हासकाह प्रान्तमा आइएसको आक्रमणमा परी कम्तीमा पनि छ जना नागरिकको ज्यान गएको छ । यहाँको हासकाह प्रान्तमा आइतबार सडकमा सवारी साधनमा रहेका नागरिकमाथि हमला गरेर ती व्यक्तिको ज्यान लिएका हुन् ।
छैटौं साफ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज (सोमबार) साँझ श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा ५:३० बजे सुरु हुने खेलमा नेपाल जितको लक्ष्यका साथ मैदान उत्रने तयारीमा छ ।
एसिया कप टी-२० क्रिकेटको उपाधि आयोजक श्रीलंकाले जितेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले हरायो । श्रीलंकाले छैटौं पटक एसिया कप जितेको हो ।