• १३ साउन २०८१, आइतबार

ओलीलाई कालो झण्डा देखाउने ११ जना पक्राउ

blog

अध्यक्ष ओलीलाई कालो झण्डा देखाउने प्रयास गरेका युवालाई पक्राउ गर्दै धनुषा प्रहरी । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, भदौ २७ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाउन प्रयास गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष ओली सोमबार पार्टी प्रवेश तथा सभामा सहभागी हुन जनकपुर आउनुभएको छ । अध्यक्ष ओलीलाई नागरिकता नपाएका युवाले कालो भण्डा देखाउने प्रयास गरेका थिए । 

जनकपुर एयरपोर्टबाट तिरुहुतीया गाछी सभास्थल जाने बेलामा क्याम्पस चोक अगाडि नागरिकता विहीन युवाहरूले कालो झण्डा देखाउने तथा सवारी अवरुद्ध गर्ने प्रयास गरेको प्रहरीको भनाई छ ।  

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले पूर्व प्रधानमन्त्री ओली सवार सवारी साधन अवरुद्ध गर्ने र कालो झण्डा देखाउन प्रयास गरेको आरोपमा ११ जनालाई पक्राउ गरिएको बताउनुभयो ।