निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आइतबार चौंथो दिन बयान दिनुभएको छ। बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ। आइतबार अपरान्ह गृह मन्त्रालयमा बसेको सुरक्षा समिति बैठकमा गृहमन्त्री खाणले विपद्को उद्धार, उच्च स्तरीय भ्रमण र निर्वाचन सुरक्षाको विषयमा चासो राख्नुभएको छ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिनको समय दिने निर्णय गरेको छ । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेद्वारा आज आइतबार जारी विज्ञप्तिमा सो निर्णय भएको जनाइएको हो ।
विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको छ ।
काठमाडौं, भदौ २६ गते। गायक प्रमोद खरेलको स्वरमा रहेको तप तप आँशु बोलको गीतको भिडियो सार्वजनिक भएको छ। ममता मिश्रको शब्द सिर्जना रहेको प्रेम, रोमान्स र विरहले भरिएको गीतको भिडियोमा मर्मस्पर्शी प्रेमभावलाई नजिकबाट केलाइएको छ।गीतमा नवीन कार्कीको संगीत रहेको छ। गीतलाई निर्देशक केशव भट्टले कलात्मक शैलीले प्रस्तुत गर्नुभएको छ। निर्देशक भट्टले तप तप आँशु बोलको गीतको भिडियोले हरेक प्रेमील जोडीको मन छुने बताउनुभएको छ।गीतकार ममता मिश्रको अफिसियल च्यानलबाट बजारमा ल्याएको गीतमा मोडलद्वय कमल सिंह र ललना चिमोरियाको भिनय देख्न सकिन्छ। गीतकार मिश्रका तिमीले चुमेको, म सागर थिएलगायतका गीत यसअघि नै बजारमा आइसकेका छन्। उत्सव दाहालको छायांकन रहेको भिडियोमा दिनसन शाहको सम्पादन र कलर रहेको छ।
नेकपा (माओावदी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताउनुभएको छ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत काठमाडौंमा जारी टी–२० क्रिकेट प्रतियोगितामा आइतबार सुदूरपश्चिम प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई १३ रनले हरायो ।
महाराजगन्ज नगरपालिका –५ उदयपुर गाउँको आकाशमा ठूला चरा आकाशको परिक्रमा गरिरहेका छन् । विश्वमा दुर्लभ रहेको भुँडीफोर गरुड आलोपालो गर्दै परिक्रमा गर्छन् । गाउँको दुर्गा भवानी आधारभूत विद्यालयको छेउमा रहेको अग्लो कर्माको रुखमा ७ वटा भुँडिफोर चराले गुँड लगाएका छन् । गुँडमा हुर्किदैगरेका बचेराको रक्षा गर्न भालेपोथी आलोपालो कुर्ने गर्छन् ।
बक्सिङकी उदीयमान खेलाडी सुस्मा तामाङलाई शिरीष फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । ओलम्पियन पौडी खेलाडी शिरिष गुरुङको नाममा स्थापना भएको फाउन्डेसनले सुस्माको खेलमा सहयोग गर्न आर्थिक र खेल सामग्री सहयोग गरेको हो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन क्षेत्र रणनीतिक सडकको शिलान्यास गर्नुभएको छ।
राष्ट्रिय समाचार समिति (रासस)ले आइतबारदेखि ‘श्रव्यदृश्य पत्रकारितासम्बन्धी तालिम’ सञ्चालन गरेको छ। दुई दिनसम्म सञ्चालन हुने तालिममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले ‘छापादेखि डिजिटलसम्मः प्रविधिबाट प्रभावित पत्रकारिता’, राससका नायब महाप्रबन्धक राजु शाक्यले ‘श्रव्यदृश्य पत्रकारिता र रासस’, राससका प्रमुख भिडियो ग्राफर विष्णु कल्पितले ‘श्रव्यदृश्य पत्रकारिता र टेलिभिजन स्क्रिप्ट स्ट्रक्चर’ विषयमा प्रशिक्षण गर्नुहुने छ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गर्नुभएको हो ।
बागलुङको गलकोट नगरपालिका –५ हरिचौरस्थित गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । नगरपालिकाले समयमै औषधी खरिद नगर्दा उपचारका लागि स्वास्थ्य चौकी पुगेका बिरामी मर्कामा परेका छन् ।
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका –९ गलेश्वरस्थित गलेश्वर मन्दिरमा सङ्कलन भएको भेटी रकम तीन करोड रुपियाँभन्दा बढी मौज्दात भएको छ ।