नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गर्नुभएको हो ।
बागलुङको गलकोट नगरपालिका –५ हरिचौरस्थित गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । नगरपालिकाले समयमै औषधी खरिद नगर्दा उपचारका लागि स्वास्थ्य चौकी पुगेका बिरामी मर्कामा परेका छन् ।
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका –९ गलेश्वरस्थित गलेश्वर मन्दिरमा सङ्कलन भएको भेटी रकम तीन करोड रुपियाँभन्दा बढी मौज्दात भएको छ ।
तेस्रो संस्करणको ब्यास युवा कप असोज ३ देखि ११ गतेसम्म तनहुँमा हुने भएको छ । ब्यास युवा क्लब (भिवाईसी) ले पहिलो पटक नाइन ‘ए’ साइड फरम्याटको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
काठमाडौं, भदौ २६ गते। साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ।आइतबार नेप्से परिसूचक ११.४७ अंक घटेर १९२६.२८ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन २.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ।आइतबार कारोबारमा आएका २२१ कम्पनीको २५ लाख २४ हजार कित्ता शेयर ७४ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ। आइतबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। नेप्सेका १३ उपसमूह मध्ये ११ उपसमूहको परिसूचकमा घटेको छ भने एक उपसमूहको सामान्य सुधार भएको छ। जसमा अन्य उपसमूहको परिसूचक ०.२९ प्रतिशत बढेको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, हाइड्रोपावर र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।आइतबार मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ४.५६ प्रतिशत बढेको छ। सामुदायिक लघुवित्तको शेयर मूल्य करिब ४ प्रतिशत बढेको छ भने दोर्दी खोला जलविद्युत कम्पनीको शेयर मूल्य २ प्रतिशत भन्दा बढी बढेको छ। तर, छ्याङ्दी हाइड्रो पावरको शेयर मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको करिव चार करोडको शेयर कारोबार भएको छ।
ललितपुर महानगरपालिकाले लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ । पम्प सञ्चालकले सार्वजनिक जग्गामा लामो समयदेखि सो पेट्रोल पम्प सञ्चालन गर्दैआएको र हटाउन पटक–पटक पत्र लेख्दा पनि अटेर गरेकाले पम्प सिल गर्नुपरेको महानगर प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो ।
बागमती प्रदेशका अफ्ताब अली र बागमतीकै प्रिन्स देउला चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष/महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा पहिलो हुनुभएको छ ।
काठमाडौं, भदौ २६ गते। पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ८९ र एन्टीजेन परीक्षणमा १५ गरेर आइतबार १०४ जनामा सङ्क्रमण पुष्टि भएको हो। यो अवधिमा दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १५ सय ९२ जनाको पीसीआर र १९ सय ९५ जनाको एन्टीजेन गरेर कुल ३५ सय ८७ जनामा कोरोना परीक्षण गरिएको थियो। मन्त्रालयका अनुसार यो अवधिमा २०१ जना डिस्चार्ज भएका छन् भने आठ हजार ४१२ जनाले खोप लगाएका छन्। अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ सय १६ रहेको छ।
हुप्सेकोट गाउँपालिकामा कृषियोग्य जमिन खेती नगरी लागातार दुई वर्षसम्म बाँझो राख्न नपाइने भएको छ । कृषि क्षेत्रमा विभिन्न तालिम, विनाधितो ऋण, अनुदानसहितको कार्यक्रमहरु सञ्चालन गरिएकाले कुनै पनि खेतीयोग्य जमिन बाँझो नराखी उत्पादन गर्ने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले वताउनुभयो ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताउनुभएको छ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले गठबन्धन दलमा न्यायोचित सिट बाँडफाँट नभए आफ्नो दल एक्लै निर्वाचनमा जाने बताउनुभएको छ । गृह जिल्ला प्युठानमा आज प्रगतिशील पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री सिंहले सो कुरा बताउनुभएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धोबीखोला करिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणका लागि सरकारले छुट्टै आयोजना बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
सहरी विकासमन्त्री मेटमणी चौधारीले धोबी खोला करिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणको लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताउनुभएको छ ।
काठमाडौं, २६ भदौ । गायक रेशम थापा नारायण र गायिका आशा लामाको स्वरमा लोक दोहोरी गीत 'आउन पाइन सम्झेर नरुनु' सार्वजनिक भएको छ । काठमाडौं डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको यो गीत ज्ञानमाला म्युजिक प्रालीबाट सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा बेवारिसे शव व्यवस्थापन गर्दै आउनुभएका विनयजंग बस्नेत, उहाँकी धर्मपत्नी पूजा विश्वकर्मा र आशा लामाको मुख्य अभिनय रहेको छ । गीतको निर्देशन निरज श्रेष्ठले गर्नुभएको हो ।
जनता आवास कार्यक्रमबाट निर्माण भएका घरहरु सेवाग्राही नबस्दै जीर्ण भएका छन् । डिजाइन इष्टिमेटअनुुसार निर्माण भएका घरमा सेवाग्राहीले बस्न नमान्दा घरहरु जीर्ण बनेका हुन् ।