इन्द्रजात्राको दिनदेखि सुरु हुने खप्तडछान्ना गाउँपालिकाको पाटादेवलमा लाग्ने सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक एवं ऐतिहासिक शैनडाँडा मेलाको रौनक सुरु भएको छ। स्थानीयवासीले शैनडाँडा मेलालाई भव्य र व्यवस्थित बनाउन विभिन्न कार्यक्रम आयोजना गरेर मनाउने तयारी गरेसँगै यस क्षेत्रमा उत्साह छाएको हो। कोरोना महामारीले दुई वर्ष सामान्य पूजाबाहेक बृहत् रूपमा बनाउन नपाएको शैनडाँडा मेला यस वर्ष भने धुमधाम तयारीका साथ मनाउन थालिएको छ। सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडको खापर दह (खप्तड ताल)बाट डोला ल्याई पाटादेवलको खापरमाण्डौँमा मनाइने यो जात्रा इन्द्रजात्राका दिनदेखि सुरु हुन्छ।
कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको प्रथम पञ्चवर्षीय योजनामा पाँच वर्षभित्र प्रदेशमा दुई सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा नहुने सङ्केत देखिएको छ। पञ्चवर्षीय योजना लागू भएको तीन वर्षभन्दा बढी समय भइसक्दा पनि कर्णाली सरकारले ऊर्जा तथा विद्युत् उत्पादनका क्षेत्रमा ठूला आयोजनाको काम अघि बढाउन सकेको छैन।
जिल्लाका सातवटै पालिकामा गरी करिब पाँच सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ। स्थानीयले वन फँडानी गरी पाँच सय हेक्टर बढी क्षेत्रफलमा अतिक्रमण गरी घरटहरा बनाउनुका साथै खेतीपाती गरेका छन्। जिल्लाका थाप्लेचौर, ठाँटी, शान्तिचौतारा खगेनकोट, नायकवाडा, सक्ला, लहँ, ढिमे, बाटुले, गाईखुर, पाँचकाटिया, पैक, सुवानाउली, साल्म, दमाशेरा, जुँगाथापाचौर, कार्कीगाउँ, जगतिपुरलगायतको सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको छ। सदरमुकाम खलङ्गास्थित डिभिजन वन कार्यालय आसपासकै वन क्षेत्रसमेत अतिक्रमणमा परेको छ। यद्यपि, वन कार्यालयले सो सम्बन्धमा कुनै कारबाही अघि बढाउन सकेको छैन।
रुकुम पूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१२ गर्खाकीका एक किशोर बेपत्ता भएका छन् । पुथाउत्तरगङ्गा–१२ गर्खाकीका १६ वर्षीय विज्ञान पुन एक हप्ता देखि बेपत्ता भएका हुन् ।
खार्पुनाथ गाउँपालिका–४ को छिप्रा गाउँमा तीन सय वर्ष पहिलेदेखि मनाउँदै आएको अनन्ते पूर्णिमा धूमधामका साथ मनाइँदै छ। पो पर्वमा विशेष गरी लुवासुर देवताका धामी नाचेर मनाउने गरिन्छ। शुक्रबार चतुर्दशीबाट सुरु भएको यो पूर्णिमा शनिबार लेकमाजामा दिनभर धामी नाचेर सम्पन्न भएको छ। त्रयोदशीका दिन लुवासुर देवताको जन्मदिन भएका कारण सो रात कुलपूजा गरिन्छ। दुई दिनसम्म धामी नाचेर मनाउने यो पर्व तीन सय वर्षअगाडिदेखि सुरु भएको अनुमान गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलको छ। यसको ऐतिहासिक र धार्मिक महŒवसमेत आफ्नै रहेको उहाँको भनाइ छ। उहाँका अनुसार उक्त वडाका मानिस पहिले वर्षभरि जिल्लाबाहिर रहे पनि यो पूर्णिमाको दिन गाउँमा आउनैपर्ने चलन थियो।
समुन्द्र भट्टको निर्देशनमा निर्माण घोषणा भएको चलचित्र ‘गुलाबी’को कास्कीमा शुभसाइत गरिएको छ। शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसस्थित सीता वराह आयर–भयर मन्दिरमा चलचित्रको शुभसाइत गरिएको हो। क्यामेरा र स्क्रिप्ट पूजा कार्यक्रममा निर्माण टिम र उपलब्ध कलाकारको उपस्थिति थियो।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (आइतबार) देखि विधिवत् आरम्भ भएको छ ।
नेपाली सेनाका तीर्थबहादुर तामाङले शनिबार लिगलिगकोट सिरानचोक गोरखा दरबार म्याराथनको उपाधि जित्नुभएको छ। उहाँले ४० किलोमिटर लामो दौडमा ९२ जना प्रतिस्पर्धीलाई उछिन्ने क्रममा तीन घण्टा ११ मिनेट एक सेकेन्ड समय लगाउनुभयो। भारतीय सेनामा कार्यरत अनिश थापामगर तीन घन्टा १२ मिनेट १७ सेकेन्डमा दौड पूरा गरी दोस्रो हुनुभयो। नेपाली सेनाका मोहनदेव जोशी (तीन घण्टा १५ मिनेट १५ सेकेन्ड) तेस्रो हुनुभयो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः एक लाख ५० हजार, एक लाख र ७५ हजार रुपियाँ पुरस्कार पाएका छन्। दसौँ नम्बरसम्मका खेलाडीलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
२०२९ सालमा निर्माण गरिएको सुदूरपश्चिमको सबैभन्दा बढी क्षमताको सिँचाइ पोखरी निर्माण भएदेखि नै रित्तो छ। विभिन्न मेला र चाडपर्वमा भने पोखरी मान्छेको भीडले भरिने गरेको छ। अमरगढी नगरपालिका–७, (तत्कालीन उग्रतारा गाविस–५) पोखरामा सिँचाइका लागि निर्मित पोखरी सिँचाइ प्रयोजनमा भने कहिल्यै आउन सकेको छैन।
काभ्रेपलाञ्चोक जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको सात वर्ष पूरा भएको छ । २०७२ सालमा दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको थियो । अहिले काभ्रेमा वार्षिक तीन करोड ३३ लाख ८५ हजार लिटर दूध आवश्यक रहेकामा १४ करोड ३४ लाख ४३ हजार लिटर दूध उत्पादन हुँदै आएको र वार्षिक ११ करोड ५८ हजार लिटर बढी दूध उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।
पशु सेवा विभागले ‘बर्डफ्लु’ पीडित किसानलाई क्षतिपूर्ति दिनका लागि ६० करोड रुपियाँ माग गरेको छ । सरकारले बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहतसम्बन्धी मापदण्ड, २०७९ बमोजिम विभिन्न १६ जिल्लाका किसानको क्षति हिसाब गर्दा पीडित किसानले सरकारबाट ६० करोड रुपियाँ पाउने छन् तर विभागसँग रकम अपुग भएका कारण क्षतिपूर्ति दिन ढिलाइ भइरहेको हो ।
बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्य चौकी पहिरोको जोखिममा परेको छ। स्वास्थ्य चौकी भवन अगाडिको भाग दब्दा भवन नै भत्किने अवस्थामा पुगेको हो। २०७६ सालमा निर्माण भएको उक्त भवन सञ्चालनमा आएको वर्ष दिन नबित्दै पहिरोको जोखिममा परेको हो। भवनको माथिदेखि पहिरो झरेको छ। तलपट्टि पहिरो खसेको छ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक भएसँगै जिल्लामा निर्वाचनको माहोल तातिँदै गएको छ। विशेषगरी विभिन्न पार्टीका चर्चित अनुहार (भीआईपी)ले ‘टिकट पाउने र जित्ने’ कुराको सम्बन्धमा बढी चर्चा हुने गरेको छ। सर्वसाधारणले चिया पसलदेखि लिएर विभिन्न सभा–समारोहमा समेत चुनावी चर्चा गर्ने तथा आफ्नै किसिमको अड्कलबाजी गर्न थालेका छन्। पश्चिम नेपालको केन्द्र मानिने बाँकेमा चुनावी माहोलले बिस्तारै लय समात्न थालेको छ। विभिन्न दलहरूले उम्मेदवार सिफारिस गर्न थालेसँगै गठबन्धनबाट को कस्ले टिकट पाउँछ र कस्ले चुनाव जित्छ भन्ने कुरालाई मतदाता एवं सर्वसाधारणले निकै चाँसोका रूपमा हेरेका छन्।