दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित ‘दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार २०७९’ साहित्यकार एवं सिनेकर्मी उपेन्द्र सुब्बालाई प्रदान गरिएको छ।
मध्यपुर थिमी ननगरपालिका–७ भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । थिमी–७ ले एक स्वर्ण दुई रजत पदक जित्दै टिम च्याम्पियन बनेको हो ।
बैतडीमा पम्प खुलेको १३ वर्षपछि शनिबारदेखि पम्पबाट पेट्रोल वितरण सुरु भएको छ । तापक्रम नमिल्दा घाटा हुने भन्दै तेल बिक्रेताले डिजेल मात्रै बिक्री गरेर पेट्रोल बिक्री बन्द गरेका थिए ।
अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यू–२० एसियन कप फुटबलको छनोटका लागि नेपाली युवा टोली बहाराइनमा छ । छनोट अन्तर्गत नेपालले पहिलो खेल आज भुटानसँग खेल्दैछ । खेल आज राति ८:४५ वजे सुरु हुनेछ ।
दार्चुलामा शुक्रबार रातिको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परी अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । १० जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले पुष्टि गरेको छ । बाढी पहिरोबाट संयौं मानिस प्रभावित भएका छन् । घाइतेको उद्धारमा हेलिकप्टर परिचालन गरिएको छ ।
नेपाल टी–२० क्रिकेट लिगको मार्की खेलाडी घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार लिगमा सहभागी ६ वटै टोलीको मार्की खेलाडीको नाम सार्वजनिक गरेको हो ।
छिनमा घाम लाग्ने, छिनमै धुम्मिने र छिनमै कुहिरो लाग्ने । मौसम परिवर्तन भइरहँदा पाँचथर सदरमुकाम फिदिम क्षेत्रको दृश्य पनि परिवर्तन भइरहन्छ ।
बंगलादेश काठमाडौंमा जारी छैटौं साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल नजिक पुगेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा बंगलादेशले पाकिस्तानलाई ६–० गोलले हरायो ।
राजा चार्ल्स तृतीयलाई औपचारिकरूपमा बेलाइतको नयाँ नरेश घोषणा गरिएको छ । यहाँस्थित सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उहाँलाई नवनरेश घोषणा गरिएको हो । त्यसअघि राजपरिषद्को बैठकले उहाँलाई नयाँ राजाका रूपमा घोषणा गर्ने निर्णय गरेको थियो ।
अमेरिकाका राष्ट्रपति जो बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुनुहुने भएको छ । पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा सहभागी हुने घोषणा गर्नुभएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ संसदबाट पारित गर्न ढिलाई गर्न नहुने बताउनुभएको छ ।
जलमग्न माइतीघर मण्डलामा कष्टपूर्ण ढङ्गले बाटो काट्दै पैदलयात्रु र पानीमा फसेका सवारी साधन।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ७४६ जनाको कोरोना परीक्षण गर्दा १६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
१४औं संस्करणको काठमाडौं म्यारागथन उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमालले जित्नुभएको छ । काठमाडौंमा शनिबार भएको म्याराथनमा हरिले निर्धारित दुरी दुई घण्टा ४० मिनेट ४० सेकेन्डमा पूरा गर्नुभयो ।
काठमाडौं, भदौ २५ गते । नेपाल चलचित्र सङ्घले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको छ । नेपाल चलचित्र निर्माता सङ्घसँगको छलफलमा हल बन्द गर्ने निर्णय फिर्ता भएको हो ।चलचित्र सङ्घको कार्यालयमा भएको द्विपक्षीय वार्तामा दुवै संघका महासचिवको नेतृत्वमा ५-५ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णयसमेत भएको छ । आगामी दिनमा हरेक समस्या छलफलका माध्यमबाट समाधान गर्ने निर्णय पनि भएको हो ।वार्तापछि जारी संयुक्त विज्ञप्तिमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव सुनिलकुमार थापाले हस्ताक्षर गर्नुभएको छ ।