निद्रासँगै कल्पनामा आफू पनि भागेँ तिम्रो याद आयो अनि मध्यरातमा जागेँ । बादल ओढी मस्तसँग आकाश निदा’को छ झ्यालबाट जून छिरी मलाई गिज्या’को छ
२०७९ भदौ १८ गते आइतबार राति ९ः३५ मा साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेलले एउटा फोटोसहितको सूचना फेसबुकमा सार्वजनिक गर्नुभयो । फोटो थियो आफू, राष्ट्रकवि माधवप्रसाद घिमिरेकी पत्नी महाकाली घिमिरे र साझाकै कर्मचारी होमनाथ भट्टराई तीन जना एउटै सोफामा बसेको र अगाडिको टेबुलमा रातो डायरीले थिचेर एउटा पाण्डुलिपि राखिएको । मैले हेर्न झण्डै १० मिनेट ढिला भएछ । कुरो थियो, “राष्ट्रकवि माधव घिमिरेको चिरप्रतीक्षित महाकाव्य ‘ऋतंभरा’ साझा प्रकाशनबाट छापिने भयो । आगामी असोज ७ गतेसम्म प्रतीक्षा गर्न‘होला ।” त्यो छोटो सन्देश पढिनसक्दै के गरौँ कसो गरौँ भयो अझ कुराएको छ आधा महिनाभन्दा बढी । मैले हेर्दा बधाइ तथा शुभकामनाका केही टिप्पणी आइसकेका थिए । सामाजिक सञ्जालको धर्मकर्म बेग्लै छ । मैले पनि कर्मकाण्ड पुरा गरेँ ‘गजब भयो । बधाइ !’ लेखेर । लेख्दा ९ः४३ बजेको रहेछ ।
विश्वका कतिपय राष्ट्रले राम्ररी चिनेको तर नेपालले भने अझै पनि योगदानको राम्ररी मूल्याङ्कन र समुचित रूपमा कदर गर्न नसकेको एउटा अत्यन्त महान् र असल मान्छे हुनुहुन्थ्यो जयपृथ्वीबहादुर सिंह । खासगरी विश्वशान्ति र मानवअधिकारको सुनिश्चितताका दिशामा उहाँले जीवनभर परिचालित गर्नुभएका सत्प्रयास आजपर्यन्त संस्मरणीय र प्रेरणादायी रहेका छन् । अन्धकार हटाएर प्रकाश छर्ने कार्यमा उहाँका मानवतावादी दर्शन र विचार कालजयी छन् । प्रत्येक मानिसमा मानवतावादी विवेकले अन्तर्हृदयलाई राम्ररी स्पर्श गर्न नसकेमा कुनै पनि समाजमा शान्ति, समझदारी, सद्भाव, सामाजिक मैत्री, विश्ववन्धुत्व, सदाचार, सहिष्णु प्रवृत्ति आदि सद्गुणहरू विकसित हुन सत्तैmनन् । यसको अभावमा कुनै पनि देशमा प्रजातन्त्र वा लोकतन्त्रको मूल्य, मान्यता र आदर्शले सही गन्तव्य पहिल्याउन पनि सत्तैmन ।
“मलाई तह–तह, मान्छेको पल्लो भित्ता छुने कलाकृति मन पर्छ । सात्र्र, क्यामुका कृतिमा त्यो तत्व पाइन्छ अस्तित्वबोधक ।”– बीपी बीपी कोइरालाको व्यक्तित्वलाई मूलतः दुई आयामका आधारमा चर्चा र विश्लेषण गर्ने गरिएको पाइन्छ । ती दुइटा आयाम हुन्, राजनीतिक र साहित्यिक । उहाँले राजनीति र साहित्यमा आफ्नो अलगअलग दृष्टिकोण रहेको बताउनुभएको छ । उहाँ राजनीतिलाई बन्धनयुक्त र साहित्यलाई बन्धनमुक्त मान्नुहुन्छ । बीपीको व्यक्तित्वमा राजनीतिक र साहित्यिक आयामबाहेकका अन्य पक्षका बारेमा सघन खोजी र अध्ययन भएको भने त्यति पाइँदैन । उहाँले आफ्ना विचारहरू मूलतः राजनीतिक सन्दर्भमा नै बढी लेख्नुभएको र बोल्नुभएको छ । साहित्यमा कथा, उपन्यास, केही कविता उहाँले लेख्नुभएको छ । साहित्यकै सन्दर्भमा उहाँका केही निबन्ध, केही लेख, केही अन्तर्वार्ता र मन्तव्य उपलब्ध छन् ।
जर्वरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएपछि फरार रहेका लहान नगरपालिका उपप्रमुख राम चलितर महतोलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
पदयात्रा पर्यटनका लागि प्रसिद्ध अन्नपूर्ण वेस क्याम्प, मर्दी हिमाल र घान्द्रुक कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्दछन् । अन्नपूर्ण हिमशृङ्खलाको दक्षिणी मोहडामा ४०७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको नामकरण विश्वको दसौँ अग्लो अन्नपूर्ण हिमालको नामबाट गरिएको हो । यो हिमालको उचाइ ८,०९१ मिटर रहेको छ । यो गाउँपालिकाभित्र पर्ने अन्नपूर्ण हिमालमा अन्न र पोषणकी देवी अन्नपूर्ण माताको वासस्थान रहेको धार्मिक मान्यता रहिआएको छ ।
सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा डेङ्गु रोगको उच्च जोखिम बढेको छ। सुर्खेतमा १०५ जना डेङ्गु रोगका बिरामीमध्ये वीरेन्द्रनगरका मात्रै ७५ जना रहेका छन्। वीरेन्द्रनगर नगरपालिकाको जनस्वास्थ्य शाखाका अनुसार सुर्खेतका नौवटा स्थानीय तहमध्ये वीरेन्द्रनगर उच्च जोखिममा रहेको छ। डेङ्गु रोगलाई नियन्त्रण गर्नुको विकल्प छैन । नियन्त्रणको मुख्य उपाय डेङ्गु बोक्ने लामखुट्टेको खोजी र नष्ट गर्नु नै रहेको विज्ञ बताउँछन्।
मानव प्रजातिको उत्पत्तिसँगै प्राकृत बासस्थानमा समूह समूहमा सिकारी जीवनमा समूह बढ्दै गयो। खाना र सुरक्षाका लागि त्यस युगमा अनुभवी पाका मान्छेको अगुवाइ र बलिया वयस्कका सक्रियतामा जिउने क्रममा महिला र पुरुष दुवै पाका मान्छेको मानमनितो हुनु समूहका हरेक सदस्यको चरित्र बन्यो। आगो र सिकारी हतियारको जुगाडले मान्छे प्रजातिले वर्षभरि सुनिश्चित खान र सुरक्षित बस्न उपाय खोज्यो। जानेर नजानेर नै बीउबाट इच्छित फल दिने बिरुवा उमार्न, फलाउन र बढी भएको सञ्चित गर्न प्रयास ग-यो। सुखका दिनहरू उदाउँदै जानमा समूहका पाका मान्छेको ज्ञान, सीप र अनुभवको सहयोग आधारभूत कुरा भएकाले परिवार र समूह सदस्यहरूले पाका मान्छेको सल्लाह नै समूहको हित र विकासको द्योतक हो भन्ने मान्यताले जरो गाड्यो।
नेपाली सिनेमाघरमा दुई नेपाली चलचित्र र दुई भारतीय चलचित्र प्रदर्शनमा आएका छन्। ‘ऐना झ्यालको पुतली’ ‘गोर्खा : बिनिथ द ब्रेभरी’ ब्रह्मास्त्र : पार्ट वान’ र ‘सीता रामम’ प्रदर्शन भएका हुन्। सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा भन्छ। चलचित्रले बाल्यकाल र बाल्य अवस्थासँग जोडिएका विभिन्न स्मृतिका कथा पनि बताउँछ। चलचित्रलाई आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गर्नुभएको हो। चलचित्रमा भने सिरु विष्टसँगै कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटीलगायतको अभिनय रहेको छ।
बैतडीको विभिन्न क्षेत्रमा कोदो उत्पादन हुने भए पनि किसानलाई बिक्री गर्न समस्या छ । बैतडीको तल्लो स्वराड क्षेत्रका मेलौली, पञ्चेश्वर, शिवनाथ, च्वाँगढ क्षेत्रको सिगास, पुरचौडी र डिलासैनी क्षेत्रमा प्रशस्त फल्ने कोदोले बजार पाउन नसकेको हो । गाउँमा फलेको कोदोको केही स्थानीय परिकार माँणा, हलुवा र आँखडी (कोदोको पिठो र चामलको परिकार) खाने चलन भए पनि बचेको कोदोले बजार नपाउँदा किसानले बस्तुभाउलाई खुवाउने गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधारको विकासमा आन्तरिक र विदेशी पुँजी परिचालन गर्नुपर्ने बताउनुभएको छ । आन्तरिक स्रोतलाई पूर्वाधार निर्माणमा लगाउन पुँजी बजार र बीमालाई पूर्वाधार निर्माणमा जोड्न लागेको जानकारी दिँदै अर्थमन्त्री शर्माले पूर्वाधार निर्माणमा धेरै लगानी लाग्ने भएकाले विदेशी लगानी पनि ल्याउनैपर्नेमा जोड दिनुभयो । नेपाल उद्योग परिसङ्घले आयोजना गरेको नेपाल
स्वर्गीय महारानी एलिजाबेथ द्वितीयाका पुत्र राजकुमार चार्ल्स बेलायतको नयाँ राजा बन्नुभएको छ । उहाँलाई उत्तराधिकारी घोषित गर्दै बेलायतको राजगद्दी हस्तान्तरण गरिएको बीबीसीले जनाएको छ । महारानीको निधनको शोक कायमै रहेकाले कुनै ठूलो समारोहको आयोजना नगरी राजगद्दी हस्तान्तरण गरिएको हो । उहाँले भविष्यमा राजगद्दी सम्हाल्दा प्रयोग गर्ने नाम तय भइनसके पनि राजा चाल्र्स तृतीय नामले शासन गर्ने वा हजुरबुबाको थर राखेर राजा बन्ने भन्ने चर्चाको विषय बनेको छ । यद्यपि सो तय गर्ने जिम्मा स्वयं राजकुमार चाल्र्सलाई नै सुम्पिइएको छ ।
चाडपर्वमा उपभोग्य सामग्रीको माग बढी हुने गरेकाले आयात पनि धेरै हुने गरेको छ तर यस वर्षको चाडपर्व लक्षित आयात भने घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनमा कुल आयात १३ करोड १२ लाख रुपियाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै १३ प्रतिशतले कम हो । आव २०७८÷७९ मा १५ करोड सात लाख रुपियाँको आयात भएको थियो । यसैगरी आव २०७८/७९ मा साउन र भदौमा ३१ करोड ४५ लाख १७ हजार रुपियाँको आयात भएको थियो । आव २०७७/७८ मा १७ करोड ८८ लाख ४६ हजार रुपियाँको आयात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ७६ प्रतिशतले वृद्धि भएको थियो । आयात घटेका कारण विभिन्न भन्सार नाकाले हालसम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेका छैनन् ।
अविरल वर्षासँगै आएको पहिरोका कारण हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक खण्ड अवरुद्ध भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वदेशी औषधि उद्योगको प्रवर्द्धनका लागि नीति नियम परिवर्तन गर्न सकिने बताउनुभएको छ । नेपाकेयर फर्मास्युटिकल्सको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री केसीले स्वदेशी उद्योग प्रवद्र्धनका लागि सरकारले नीति परिवर्तन गर्न सक्ने बताउनुभएको हो । गुणस्तरीय औषधि सहज रूपमा उपलब्ध गराउनुपर्ने भन्दै उहाँले औषधि उद्योगलाई सङ्ख्यात्मकभन्दा गुणात्मक रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । नेपाकेयर फर्मास्युटिकल्सका अध्यक्ष मृगेन्द्रमेयर श्रेष्ठले हाल उद्योगले नौ प्रकारका औषधि बजारमा पठाउन थालेको जानकारी दिनुभयो । औषधि व्यवस्था विभागबाट मार्केट लाइसेन्स प्राप्त गरेपछि शुक्रबारदेखि औषधि बजारमा आएको उहाँले बताउनुभयो ।