१४औं संस्करणको काठमाडौं म्यारागथन उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमालले जित्नुभएको छ । काठमाडौंमा शनिबार भएको म्याराथनमा हरिले निर्धारित दुरी दुई घण्टा ४० मिनेट ४० सेकेन्डमा पूरा गर्नुभयो ।
काठमाडौं, भदौ २५ गते । नेपाल चलचित्र सङ्घले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको छ । नेपाल चलचित्र निर्माता सङ्घसँगको छलफलमा हल बन्द गर्ने निर्णय फिर्ता भएको हो ।चलचित्र सङ्घको कार्यालयमा भएको द्विपक्षीय वार्तामा दुवै संघका महासचिवको नेतृत्वमा ५-५ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णयसमेत भएको छ । आगामी दिनमा हरेक समस्या छलफलका माध्यमबाट समाधान गर्ने निर्णय पनि भएको हो ।वार्तापछि जारी संयुक्त विज्ञप्तिमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव सुनिलकुमार थापाले हस्ताक्षर गर्नुभएको छ ।
पेरुका विदेशमन्त्री मिगुएल एन्जल रोड्रिग्वेजले शुक्रबार राजीनामा दिएका छन् । उनी राष्ट्रपति पेड्रो कास्टिलोको नेतृत्वमा रहेको सरकारमा पद त्याग गर्ने चौथो विदेशमन्त्री हुन् ।
काठमाडौं, भदौ २५ गते । कलाकार मदनकृष्ण श्रेष्ठको ‘माया रोपे माया फल्छ’ गीत सार्वजनिक गरिएको छ । गीतमा गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ को शब्द छ भने कृति न्यौपाने (दिवाकर शर्मा) ले सङ्गीतबद्ध गर्नुभएको हो । कृष्णदेव रुपाखेतीले निर्देशन गर्नुभएको गीतको म्युजिक भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठकै अभिनय देख्न सकिन्छ । गीतमा पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन छ ।भिडियोमा उहाँसँगै निक शर्मा, ऋचा थापा तथा बाल कलाकार अर्नव घिमिरेले साथ दिनुभएको छ । उत्सव दाहालको छायाङ्कन तथा विकास ज्ञवालीको सम्पादन रहेको यो भिडियोमा सुनील क्षेत्रीको कोरियोग्राफी छ ।
जुम्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ । जिल्लाका आठै पालिकाका सबै बालबालिकाले खोप प्राप्त गरेपछि बिहीबार पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्नुभयो । मुख्यमन्त्री शाहीले जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा हुनु भनेको स्वास्थ्य स्थितिमा सुधार आएको सन्देश दिएको बताउनुभयो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र कतार फुटबल संघका अध्यक्ष हमाद विन खलिफा विन अहमद अल थानीबीच भेटवार्ता भएको छ । अध्यक्ष नेम्वाङ र थानीबीच शनिबार कतारको दोहामा भेटवार्ता भएको एन्फाले जनाएको छ ।
काठमाडौं, भदौ २५ गते । गायक निशान भट्टराई र किसु थापाको स्वरमा 'म त तिम्रै हुँ' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीत गायक भट्टराईको अफिसियल युट्युब च्यानल 'निशान भट्टराई'बाट सार्वजनिक गरिएको हो ।गायक तथा सङ्गीतकार विकास पाण्डेको शब्द र सङ्गीत रहेको गीतको भिडियोमा युवराज केसरी रितु चौधरीको अभिनय रहेको छ । गीतको भिडियोमा निर्देशन, छायाङ्कन र सम्पादन विकास गुरुङले गर्नुभएको हो । गीतमा एरेन्ज अभि अमृत ल्वागन र एनएस आर्याको रहेको छ ।
गौशाला १ रामनर चिनिमिल टोलकी ३० वर्षिया उषाकुमारी बर्दिबासको साप्ताहिक हाट लागेका दिन हरियो तरकारी बेच्न आउनु हुन्छ । बुधबारे हाटमा उहाँले आज १ मन मुला (४० केजी) र ६ पसेरी (३० केजी) बेच्न ल्याउनु भएको छ ।
शनिबार बिहान नेपालस्थित बेलायती राजदूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै प्रधानमन्त्री देउवाले महारानीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।
शनिबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले एक सूचना जारी गर्नुहुँदै विशेष कारणवश बैठक बस्न नसक्ने भएकाले प्रतिनिधि सभा बैठक स्थगित भएको जानकारी दिनुभयो ।
हरेक वर्षझै यस पटक पनि चाडपर्व नजिकिएसँगै नेपालगञ्ज बजारमा खासै चहलपहल सुरु भएको छैन । तर, सीमापारी रूपैडिहा बजारमा भने किनमेल गर्ने नेपालीको घुँइचो लाग्न थालिसकेको छ ।
काठमाडौं, भदौ २५ गते । रात्रिकालीन लेकसाइडको झिलिमिली : पोखरास्थित लेकसाइडको शुक्रबार साँझ देखिएको झिलिमिली दृश्य ।पर्वत र बागलुङ जोड्ने बन्जी पुल : पर्वत र बागलुङलाई जोडेर निर्माण गरिएको बन्जी पुल । यसको लम्बाई ५२५ मिटर र उचाइ कालीगण्डकी नदीबाट २२८ मिटर रहेको छ । बुलबुल ताल : कर्णाली प्रदेशका राजधानी वीरेन्द्रनगरमा रहेको बुलबुले ताल । मर्मत सम्भार अलपत्र पर्दा यस तालको सुन्दरता खस्किँदै । अहिले तालको एकतर्फ मात्र पानी जमेको छ । तालभरि पानी नजम्दा तालको सौन्दर्यता खोसिएको जस्तो देखिएको छ । सिम्ले गाउँ : बागलुङ जिल्ला सदरमुकाम नजिक रहेको सिम्ले गाउँ । बागलुङ–सिगाना, बरेङ हुँदै गुल्मीको शान्तिपुर जोड्ने मोटरबाटोले बीच भागबाटै चिरेर गएपछि यहाँ विकासको ढोका खुलेको छ ।भोटेचौर बजार : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ मा रहेको भोटेचौर बजार । यहाँबाट दोर्जेलाक्पा र जुगल हिमाल देख्न सकिन्छ । ढ्याङ्ग्रोमा फलाक्दै झाँक्री : न्वागी पर्वको दिन मध्यरातमा एकपाखे ढ्याङ्ग्रोमा फलाक्दै धादिङ वेनिघाट रोराङ–३ माथिल्लो ओर्वाङका ८३ वर्षीय झाँक्री जीतबहादुर चेपाङ । यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, घिरौँलालगायत कन्दमूल पितृलाई बुझाउने र अन्न फलाउने भूमिलाई पूजा गर्ने चलन छ ।स्याडा गाउँ : हरियालीले ढपक्क ढाकेको हुम्लाको सिमकोट गाउँपालिका–८ रहेको स्याडा गाउँ । शिविरमा आँखा परीक्षण : नार्पा भूमि गाउँपालिकामा इन्द्रदल गुल्म मनाङद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा आँखा परीक्षण गराउँदै वृद्धा । ग्रामीण सडकको दुरावस्था : सिन्धुपाल्चोक र काठमाडौँको सिमाना शङ्करपुर नगरपालिकाको सेल्फिडाँडामा निर्माण भइरहेको सडकको हिलोमा फसेको सवारीसाधन । पानी पर्ने बित्तिकै सडक अवरुद्ध हुने गरेकाले मेलम्ची–काठमाडौँ चल्ने यातायातका साधन रोकिने तथा फस्ने गरेका छन् । इन्द्रजात्रामा कैद गरिएका तस्बिरहरु ।तस्बिरः मनोजरत्न शाही र रासस
दार्चुला, भदौ २५ गते । शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ । नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिला र एक नाबालिका गरी दुई जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका –१ सल्लामा पहिरोमा परि ३० वर्षीया जानकी ठगुन्ना (किम्ती) को मृत्यु भएको स्थानीय श्याम धामीले जानकारी दिनुभयो । उहाँका अनुसार पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि मृत्यु भएको छ ।मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको छ । शुक्रबार राति एक बजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जीवितै उद्धार गरिएको छ । यस्तै नौगाड गाउँपालिका –२ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि बेपत्ता छन् । पहिरोले सल्ला गाउँका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ । नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको आशङ्का गरिएको छ । महाकाली नगरपालिकाको डुङ्ग्रीमा एकै परिवारका धनसिंह कार्की, मानमती कार्की, दीपक कार्की र दिनेश कार्की बेपत्ता छन् । खोजी कार्य भइरहेको स्थानीय उदय बोहराले बताउनुभयो ।यता, दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । महाकाली नगरपालिका क्षेत्रमा करिब डेढ दर्जन घर बगेका छन् । अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो । बाढी पहिरोमा परी ६ जना बेपत्ता भएको उहाँले बताउनुभयो । उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।महाकाली र नौगाड गाउँपालिकाका गरी दर्जनौँ घरहरू बगेको स्थानीयले बताएका छन् । खलङ्गास्थित दशरथ नगर आधारभूत विद्यालय बाढीले बगाएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु झोलुङ्गे पुल र मोटरबेल पुल लास्कु खोलाले बगाएको छ । दार्चुला टिंकर सडक अवरुद्ध भएको छ । दार्चुला टिंकर सडकमा पार्किङ गरी राखिएका चार वटा जिपहरू महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पुर्याएको छ । बाढीले घर भत्काउने क्रम जारी रहेको हुँदा उच्च सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अनुरोध गर्नुभयो । नदी तटीय क्षेत्रका नागरिक बाढीको त्रासले रातीदेखि नै घरबाहिर रहेका छन् । दार्चुलामा बर्सेनि बाढी, पहिरोजन्य विपद्ले ठूलो क्षति पुर्याउँदै आएको छ ।घाइतेहरूको उद्धार हेलिकोप्टरमार्फत गर्न प्रयास भइरहेको छ । प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना बाढी पहिरो प्रभावित क्षेत्रमै पुगेर उद्धारको पहल गरिरहनुभएको छ भने दार्चुला घर भएका उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री बालकृष्ण खाणलाई भेटर उद्धार कार्यका लागि अनुरोध गर्नुभएको छ । उद्धारका लागि पहल भइरहेको सङ्घ, प्रदेश र स्थानीय स्तरका नेताहरूले प्रतिक्रिया दिएका छन् । स्थानीयहरू समेत उद्धार कार्यमा खटिएका छन् । नदी, खोलाहरूले अहिले पनि कटान गरिरहेका छन् ।
नेपालमा मानव अङ्ग प्रत्यारोपणको इतिहास धेरै लामो छैन । सन् २००८ मा वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भएपछि नियमित रूपमा अङ्ग प्रत्यारोपण हुन थालेको हो । वीर अस्पतालमा एक सय जनाको मिर्गौला प्रत्यारोपण भएपछि सरकारले मानव अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले भक्तपुरको दूधपाटीमा ‘मानव अङ्ग प्रत्यारोपण केन्द्र’ ( हाल ः शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र) को स्थापना ग-यो ।