• १६ भदौ २०८१, आइतबार

'म त तिम्रै हुँ' बोलको गीत सार्वजनिक

blog

काठमाडौं, भदौ २५ गते । गायक निशान भट्टराई र किसु थापाको स्वरमा 'म त तिम्रै हुँ' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीत गायक भट्टराईको अफिसियल युट्युब च्यानल 'निशान भट्टराई'बाट सार्वजनिक गरिएको हो ।

गायक तथा सङ्गीतकार विकास पाण्डेको शब्द र सङ्गीत रहेको गीतको भिडियोमा युवराज केसरी रितु चौधरीको अभिनय रहेको छ । 

गीतको भिडियोमा निर्देशन, छायाङ्कन र सम्पादन विकास गुरुङले गर्नुभएको हो । गीतमा एरेन्ज अभि अमृत ल्वागन र एनएस आर्याको रहेको छ ।