• १६ भदौ २०८१, आइतबार

कलाकार मदनकृष्णको ‘माया रोपे माया फल्छ’

blog

काठमाडौं, भदौ २५ गते । कलाकार मदनकृष्ण श्रेष्ठको ‘माया रोपे माया फल्छ’ गीत सार्वजनिक गरिएको छ । गीतमा गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ को शब्द छ भने कृति न्यौपाने (दिवाकर शर्मा) ले सङ्गीतबद्ध गर्नुभएको हो । 

कृष्णदेव रुपाखेतीले निर्देशन गर्नुभएको गीतको म्युजिक भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठकै अभिनय देख्न सकिन्छ । गीतमा पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन छ ।

भिडियोमा उहाँसँगै निक शर्मा, ऋचा थापा तथा बाल कलाकार अर्नव घिमिरेले साथ दिनुभएको छ । उत्सव दाहालको छायाङ्कन तथा विकास ज्ञवालीको सम्पादन रहेको यो भिडियोमा सुनील क्षेत्रीको कोरियोग्राफी छ ।