काठमाडौँ, भदौ २५ गते । मानव प्रजातिको उत्पत्तिसँगै प्राकृत बासस्थानमा समूह समूहमा सिकारी जीवनमा समूह बढ्दै गयो। खाना र सुरक्षाका लागि त्यस युगमा अनुभवी पाका मान्छेको अगुवाइ र बलिया वयस्कका सक्रियतामा जिउने क्रममा महिला र पुरुष दुवै पाका मान्छेको मानमनितो हुनु समूहका हरेक सदस्यको चरित्र बन्यो।
आगो र सिकारी हतियारको जुगाडले मान्छे प्रजातिले वर्षभरि सुनिश्चित खान र सुरक्षित बस्न उपाय खोज्यो। जानेर नजानेर नै बीउबाट इच्छित फल दिने बिरुवा उमार्न, फलाउन र बढी भएको सञ्चित गर्न प्रयास ग-यो। सुखका दिनहरू उदाउँदै जानमा समूहका पाका मान्छेको ज्ञान, सीप र अनुभवको सहयोग आधारभूत कुरा भएकाले परिवार र समूह सदस्यहरूले पाका मान्छेको सल्लाह नै समूहको हित र विकासको द्योतक हो भन्ने मान्यताले जरो गाड्यो।
कृषिमा थप हाँगाबिँगा लाग्दै कल्पना, परीक्षण, जाँगर, सीप र ज्ञानका विविधतासँगै समाज प्रणालीमा विविधता थपिए। श्रमको गठजोडले समाज बिस्तारै परम्परागतभन्दा प्रविधितिर आकर्षित भयो। गत शताब्दीको मध्यसम्ममा संसारभरि आएका सामाजिक राजनीतिक उथलपुथल, मानवद्वारा विकसित प्रविधि र नाफा नोक्सानको व्यक्तिवादी धारणाले मानव समाज सामूहिकता विमुख हुँदै जान लाग्यो।
उपरोक्त सन्दर्भमा वर्तमान नेपाली समाजमा पाका मान्छेका अवस्था, र मनोविज्ञान सूक्ष्म अध्ययन गरेर सरल भाषामा अरू उमेर समूह र सरकारी पक्षबाट गरिनुपर्ने नीति नियमको निर्माण र सुविधाबारे विभिन्न १६ शीर्षकका निबन्धमार्फत प्रस्ट पस्किएको छ।