• १३ साउन २०८१, आइतबार

पाँचथरको फिदिम पुग्दा घुम्ने ठाउँ (फोटो फिचर)

blog

पाँचथर सदरमुकाम फिदिम बजार । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, भदौ २५ गते । छिनमा घाम लाग्ने, छिनमै धुम्मिने र छिनमै कुहिरो लाग्ने । मौसम परिवर्तन भइरहँदा पाँचथर सदरमुकाम फिदिम क्षेत्रको दृश्य पनि परिवर्तन भइरहन्छ ।

समुद्री सतहबाट करिब एघार सय मिटरको उचाइमा अवस्थित फिदिम क्षेत्र झट्ट हेर्दा उपत्यका जस्तो लागे पनि नजिकै गढी, ओदिन र रमिते भ्यु टावर जस्ता डाँडा र थुम्का दृश्यावलोकन गर्नेका लागि उचित गन्तव्य बन्दै गएका छन् । 

फिदिम २ मा नयाँ सहर आयोजनाले निर्माण गरेको रमिते भ्यु टावरबाट छिमेकी जिल्ला तेह्रथुम, ताप्लेजुङ र धनकुटा सम्मका दृश्य देखिन्छ । मौसम खुलेका बखत विश्वको तेस्रो हिमाल कञ्चनजंघा र कुम्भकर्णसम्म देख्न सकिन्छ । 

लब्रेकुटी, सिलौती, पौवाभन्ज्याङ, सुके पोखरी र साधुटार यहाँका प्रमुख आकर्षक गन्तव्य हुन् । 


फिदिम २ को भ्यु टावरबाट लिइएको सदरमुकाम फिदिमको तस्बिर



फिदिम २ बाट लिइएको छिमेकी जिल्ला तेह्रथुमका ग्रामीण बस्ती


फिदिम ३ र ५ को संगममा अवस्थित नेपालका १६ औं विभूती फाल्गुनन्दको तपोभूमी लब्रेकुटी मन्दिर ।


फिदिम २ को रमिते भ्यु टावर ।


फिदिम २ मा नयाँ सहर आयोजनाले निर्माण गरेको भ्यु टावर क्षेत्रका संरचना