शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, भदौ २६ गते । समुन्द्र भट्टको निर्देशनमा निर्माण घोषणा भएको चलचित्र ‘गुलाबी’को कास्कीमा शुभसाइत गरिएको छ। शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसस्थित सीता वराह आयर–भयर मन्दिरमा चलचित्रको शुभसाइत गरिएको हो। क्यामेरा र स्क्रिप्ट पूजा कार्यक्रममा निर्माण टिम र उपलब्ध कलाकारको उपस्थिति थियो।
चलचित्रमा नाजिर हुसैन मुख्य अभिनेता हुनुहुन्छ। चलचित्रलाई धम्पुस, पोखरा र काठमाडौँमा छायाङ्कन गरिनेछ। चलचित्रमा नाजिरसँगै सुशील सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’ मुख्य अभिनयमा रहनेछन्। निर्देशक भट्टकै कथामा बन्न लागेको चलचित्रले पारलैङ्गिकताको कथा बोल्नेछ। चलचित्रमा पटकथा तथा संवाद रामकुमार श्रेष्ठ र नाजिर हुसैनको छ।