• १३ साउन २०८१, आइतबार

एक हप्तादेखि किशोर बेपत्ता

blog

एक साता देखि बेपत्ता विज्ञान पुन ।

रुकुम पूर्व, भदौ २६ गते । रुकुम पूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१२ गर्खाकीका एक किशोर बेपत्ता भएका छन् । पुथाउत्तरगङ्गा–१२ गर्खाकीका १६ वर्षीय विज्ञान पुन एक हप्ता देखि बेपत्ता भएका हुन् ।

परिवारको अन्य सदस्य काममा गएको बेला किशोर घरबाटै कता गएको भन्ने कसैलाई जानकारी नभएको र बेपत्ता भएको बुबा जगतप्रसाद पुन बताउनुभयो । किशोरको मानसिक अवस्था घुमेको करिब १ वर्ष भइसकेको परिवारले जनाएको छ । किशोरलाई गाउँ आसपासका ठाउँमा खोज्दा पनि नभेटेपछि परिवारले सबैलाई खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन् । 

परिवारले किशोरलाई कसैले भेटाए प्रहरी चौकी अथवा परिवारको फोन नम्बर ९८४११०३८६८ र ९८६६९६६४२० मा सम्पर्क गर्नु हुन अपिल गरेका छन् । 
Author

जयमान बुढा मगर