• १३ साउन २०८१, आइतबार

न्यायोचित सिट बाँडफाँट नभए एक्लै चुनावमा : महामन्त्री सिंह

blog

सुजल श्रेष्ठ

प्युठान, भदौ २६ गते । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले गठबन्धन दलमा न्यायोचित सिट बाँडफाँट नभए आफ्नो दल एक्लै निर्वाचनमा जाने बताउनुभएको छ । गृह जिल्ला प्युठानमा आज प्रगतिशील पत्रकार सङ्घले आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री सिंहले सो कुरा बताउनुभएको हो ।  

देशमा प्रतिगमनको खतरा कायमै रहेकाले आफूहरू गठबन्धन दलमा सहभागी भएको पनि उहाँले बताउनुभयो । जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र र धर्म निरपेक्षताविरुद्ध केही शक्तिहरू चलमलाएको उहाँले आशङ्का व्यक्त गर्नुभयो । प्रतिगमनकारी शक्तिले निर्वाचनमा बहुमत ल्याए देश सङ्कटमा पर्ने उहाँले बताउनुभयो ।

गठबन्धनमा सहभागी रहेको जनमोर्चाले सम्मानजनक सिट पाउनुपर्ने उहाँको भनाई छ । प्युठान र बाग्लुङ गरी प्रतिनिधिसभाका लागि दुई सिटमा आफ्नो पार्टीको दाबी कायमै रहेको उहाँले बताउनुभयो ।