• १६ भदौ २०८१, आइतबार

कृपाको आवाजमा ‘तिमीसँग एक छिन’

blog

काठमाडौं भदौ २७ गते । ‘सारेगमप लिटिल च्याम्स’ विजेता कृपा पौडेलको आवाजमा ’तिमीसँग एक छिन’ बोलको गीत सार्वजनिक भएको छ । 

रोमान्टिक शैलीको गीतमा मन्दिरा ढुंगेलको शब्द रहेको छ भने कल्याण सिंहले गीतको एरेन्ज गर्नुभएको छ । 

गीतमा संगीत भर्ने काम दिक्षीत पौडेलले गर्नुभएको छ भने गायिका कृपासंगै सप्रव राज जोशी, कृषा लोहनी, सोनाली शिल्पकार र भवानी शिल्पकार गीतमा देखिनुभएको छ । 

राजिव लोहनीले निर्देशन गर्नुभएको म्युजिक भिडियोलाई भवानी शिल्पकारले खिच्नुभएको छ । गीतलाई म्युजिक नेपाल र कृपा पौडेल संगीतको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।