वर्षात् सक्किएर मौसम खुलेसँगै इलामका पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकहरूको चहलपहल सुरु भएको छ । असोज अन्तिम साता यता प्रमुख पर्यटकीय गन्तव्य अन्तु र सन्दकपुरमा आन्तरिक पर्यटकहरूको चहलपहल सुरु भएको हो । विशेष गरी कात्तिक महिना लागेसँगै सूर्योदयको दृश्यावलोकन गर्न सकिने हुँदा अन्तु डाँडामा मात्रै दैनिक एक हजारभन्दा बढी पर्यटकहरू भित्रिन थालेको पर्यटन व्यवसायी सङ्घ अन्तुका सचिव रुद्र घिमिरेले बताउनुभयो ।
कोहलपुरमा पहिलो पटक प्रदर्शन गरिएको शिल्पी थिएटरको मुक्त रङ्गमञ्च नाटक ‘सानासाना सपना’को मञ्चनमा दर्शकहरूको उत्साहजनक उपस्थिति देखियो । नाटक हेरिसकेपछि धेरै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका छन् । नाटक हेरेका बहुसङ्ख्यकले नाटक धेरै उत्कृष्ट रहेको बताए । नाटकले भुइँ मान्छेहरूका ‘सानासाना सपना’ समेटेको छ ।
नेप्लिज फेसन होमद्वारा राजधानीमा शनिबार आयोजित ‘किड क्विन नेपाल २०२२’ को उपाधि १३ वर्षीया इरिना महर्जनले चुम्नुभएको छ । १८औँ संस्करणको प्रतियोगितामा महर्जनले मिस पब्लिक च्वाइस र तस्बिर मिस फोटोजेनिकको उपाधि पनि जित्नुभयो । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा इप्सा प्रजापति फस्र्ट र प्रिस्का पुलामी मगर सेकेन्ड रनरअप हुनुभयो । विजेताहरूलाई क्रमशः २५, १५ र १० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको छ ।
दुई दिने कलिङ्ग साहित्य महोत्सवको काठमाडौँ संस्करण सम्पन्न भएको छ । असोज २९–३० सम्म आयोजित उक्त महोत्सवको उद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले नेपाल र भारतका साझा संस्कृति, धार्मिक मान्यता, सामाजिक जीवन, जनस्तरको सम्बन्धबारे विविध चर्चा गर्नुभयो ।
मानिस जन्मेपछि निश्चित रूपमा ढिलो चाँडो मृत्युवरण गर्नै पर्छ। यो प्राकृतिक नियम नै हो। मानिसले आफ्नो मुलुक, समाज र नागरिकका लागि योगदान पु-याउने, गुण लगाउने महत्वपूर्ण कार्य गरेको छ भने उसैको जीवनलाई सफल मान्न सकिन्छ। त्यस्ता व्यक्तित्व चिरकालपर्यन्त स्मरणयोग्य हुन्छन्। २०७९ साल असोज ३० गते आइतबार निधन हुनुभएका वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी त्यस्तै मूर्धन्य व्यक्तिको कोटीमा पर्नुहुन्छ। उहाँको निधनले राष्ट्रले युगपुरुष गुमाएको छ।
छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनमा लामो समयदेखि प्रतीक्षा गरिएको सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन बेइजिङमा प्रारम्भ भएको छ। कुल नौ करोड ६० लाखभन्दा बढी सदस्य तथा करिब ५० लाख प्राथमिक तहका सङ्गठन भएको चिनियाँ कम्युनिस्ट पार्टीको सप्ताहव्यापी (अक्टोबर १६–२२) महाधिवेशनमा चीनको वर्तमान र भविष्यको मार्ग रेखाङ्कन गरिनेछ।
ग्रामीण तथा दुर्गम स्थानमा रहेर विकास तथा कृषि विकासमा योगदान पु¥याएका साहसी र परिश्रमी महिलामा समर्पित भएर सर्वप्रथम १५ अक्टोबर २००८ देखि ग्रामीण महिला दिवस मनाइँदै आइएको छ। संयुक्त राष्ट्रसङ्घको साधारण सभाले यसको प्रस्ताव ६२÷१३६ लाई अगाडि बढाउन २००७ को डिसेम्बर १८ का दिन ग्रामीण महिला खासगरी जनजाति महिलाले कृषि, खाद्य सुरक्षा, ग्रामीण विकास तथा गरिबी निवारणमा निर्वाह गरेका महìवपूर्ण भूमिका तथा
राजनीतिक संस्कार राजनीतिक प्रणालीप्रति रहने आमनागरिकको अभिरुचि, विश्वास तथा भावनाको समूह हो। राजनीतिक संस्कारले राजनीतिक प्रवृत्तिमा के भइरहेको छ, जस्ता गतिविधिको अध्ययनभन्दा बढी जनताले त्यस्ता गतिविधि वा घटनाप्रति के सोच्छन् भन्ने कुराको अध्ययन गर्छ। राजनीतिक संस्कार व्यक्तिको राजनीतिक व्यवस्था र राजनीतिप्रतिको मनोवृत्ति र उन्मुखीकरण हो। संस्कारको सम्बन्ध मानव चेतनासँग रहन्छ। राजनीतिक संस्कारको सार भनेको कुनै पनि राज्यका आमनागरिकमा रहने तत्कालीन राजनीतिक प्रणाली, राजनीतिक विचार, राजनीतिक सिद्धान्त र चरित्रप्रतिको एकीकृत प्रवृत्ति हो। त्यो प्रवृत्ति निर्माण वा विनिर्माण जुनसुकै हुन सक्छ।
बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन् ।
ज्योतिषशास्त्र र धर्मशास्त्र एकअर्काको परिपूरक हुन्। चान्द्र एवं सौरको समन्वयले नेवाः संस्कृति धार्मिक, आध्यात्मिक, तान्त्रिक तथा परम्परागत सामाजिक, मौलिक सांस्कृतिक, सनातन कर्म, कृत्यादि कालमानानुसार उषाः, प्रातः, पूर्वाह्नः, मध्याह्नः, अपराह्नः, सायंह्न, प्रदोष, रात्रि, मध्यरात्रिमा मात्र होइन बेला, मूहुर्त (साइत) समेत हेरी नित्य, नैमित्तिक र काम्यकर्मलगायत विभिन्न पूजा, आराधना, अनुष्ठान, जप, तपादि खाइ, नखाइ, खुला एवं गुप्त रूपमा यथासमयमा गरिन्छन्। रात्रिपूजाकर्ममा चरय्पूजा, ऐन्यापुन्हि, चथाः पूजा, लक्ष्मीपूजा, म्हपूजा, किजापू
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका १० वटा मुद्दामा असहमति जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले सोमबार विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो। पुनरावेदन गरिएको मुद्दामध्ये आठवटा घुस तथा रिसवतसँग सम्बन्धित छन्। प्रश्नपत्रको गोपनीयता भङ्ग तथा गलत प्रतिवेदन तथा झुटा बिल भर्पाइँसँग सम्बन्धी मुद्दा एक–एकवटा छन्। यी सबै मुद्दामा गत साउन ९ गते पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मानवशास्त्री डा. ओम गुरुङको निधन भएको छ। क्यान्सर रोगबाट पीडित ७० वर्षीय गुरुङको भक्तपुरस्थित हरिसिद्धि क्यान्सर अस्पतालमा सोमबार दिउँसो निधन भएको हो।
अरिङ्गालको टोकाइबाट सल्यानमा दुई जनाको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका १ हाम्फाल निवासी २१ वर्षीया शोभा बुढाथोकी र उहाँकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी रहेका छन् ।
अर्घाखाँची सिमेन्टले सोमबारदेखि सिमेन्ट भारत निर्यात गर्न थालेको छ । रुपन्देहीमा रहेको यो उद्योगले बेलहिया नाका हुँदै भारतको आनन्दनगर र नौतनवामा रहेको शुभांशु एसोसिएट डिलरलाई एक सय टन (एक हजार चार सय बोरा) पीपीसी सिमेन्ट पठाएको सो उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिनुुभयो ।
प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ ले सबैको ध्यान तानेको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ।