• २० असोज २०८१, आइतबार

मानवशास्त्री गुरुङको निधन

blog

काठमाडौँ, कात्तिक १ गते । मानवशास्त्री डा. ओम गुरुङको निधन भएको छ। क्यान्सर रोगबाट पीडित ७० वर्षीय गुरुङको भक्तपुरस्थित हरिसिद्धि क्यान्सर अस्पतालमा सोमबार दिउँसो निधन भएको हो।

उहाँ सोमबार सो अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका लागि जानुभएको थियो। गुरुङको केही समयअघि मिर्गौला फेरिएको थियो। गुरुङका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ। बेलायतमा रहेका छोरा आएपछि मात्रै दाहसंस्कार गरिने भएकाले गुरुङको शव पाटन अस्पतालमा राखिएको छ। उहाँ त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र तथा समाजशास्त्र विभागका प्रमुख हुनुहुन्थ्यो। गुरुङ नेपाल आदिवासी जनजाति महासङ्घका पूर्वमहासचिव पनि हुनुहुन्छ।