प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन शान्तिपूर्ण रुपमा गराउन नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहेको बताउनु भएको छ । उहाँले ऐन कानुनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन पनि दिनुभयो ।
गृहमन्त्री बालकृष्ण खाणले बर्सेनि आपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताउनुभएको छ । गृहमन्त्री खाणले विश्वमा नै वर्षेनी अपराधिक घटना बढिरहेको भन्दै यसको चुनौती नेपालमा पनि बढ्दै गएको बताउनुभएको हो ।
मङ्सिर ४ मा हुने प्रतिनिभिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपमा नेपालले दोस्रो हार खेपेको छ ।
आज ६७ औँ प्रहरी दिवस विभिन्न कार्यक्रमका साथ भव्यरुपमा मनाइएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको हो ।
युरो नेपाल कलाकार सङ्घ बेल्जियमले देउसी भैलो शुभकामना साँझ कार्यक्रम सम्पन्न गरेको छ । एन्टरपेन शहरमा बेनेलक्स र यूरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी निवारण नीति, १५औँ योजना, दिगो विकास लक्ष्य, सार्क तथा बिमस्टेक गरिबी निवारण कार्य योजना अन्तर्गत गरिबी निवारणका कार्यक्रम अगाडि बढाइरहेको बताउनुभयो ।
बलिउडका विभिन्न नायिकासँग अफेयर तर विवाहसूत्रमा नबाँधिएको प्रकरण, बलिष्ठ शरीर अनि बाहुबलि हिरो, हरिण मारेको ओरोपितजस्ता विविध कारणले प्रायः चर्चा र विवादमा आइरहने कलाकार हुनुहुन्छ, सलमान खान। तर उहाँको दानवीर र दयालु स्वभावका विषयमा भने कमै चर्चा हुन्छ।
पौभाकलाका सिद्धहस्त शिल्पी कलाकार उजय वज्राचार्यले ‘पौभा ह्वेयर दी डिभिनिटिज रिसाइड’ पुस्तक लेख्नुभएको छ। ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्य र ललितपुर महानगरका उपमेयर मञ्जली शाक्य वज्राचार्यले पुस्तक लोकार्पण गर्नुभयो। पौभाका बारेमा आजका दिनमा कलाकारहरू आफैँले खोज, अनुसन्धान गरी पुस्तक प्रकाशन गर्नु सुखद पक्ष रहेको पनि कुलपति कर्माचार्यले बताउनुभयो। देशको चिनारीका रूपमा रहेको पौभा कला नेपालको माटोमा जन्मिएको कला भएकाले यसको प्रवद्र्धन र बजारीकरण आवश्यक रहेको उपमेयर वज्राचार्यले बताउनुभयो।
सप्तरीको प्रतिनिधि सभा क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच प्रतिस्पर्धा हुँदै छ। यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर पनि प्रतिस्पर्धामा हुनुहुन्छ।
प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा महोत्तरीको सबै निर्वाचन क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। आगामी मङ्सिर ४ गते हुने जिल्लाका चार निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन, एमाले–जसपाको गठबन्धन र स्वतन्त्रबीच प्रतिस्पर्धा हुने देखिएको छ। चारवटै क्षेत्रमा प्रतिनिधि सभामा यसअघि उठेकाहरू नै दोहोरिएका छन्। जिल्लाको क्षेत्र नं. १ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट विगतमा विजयी पूर्वमन्त्री गिरिराजमणि पोखरेलसँगै नेकपा एमाले गठबन्धनका लक्ष्मी महतो र स्वतन्त्रबीच प्रतिस्पर्धा देखिएको छ। २०७४ को निर्वाचनमा पूर्वमन्त्री पोखरेलले महतोलाई हराउँदै प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो। यातायात कार्यालयको प्रमुखबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिनुभएका पोषण थापा पनि चुनावी मैदानमा हुनुहुन्छ।
पश्चिमनवलपरासी प्रतापुर गाउँपालिका पञ्चपेडा गाउँसम्म सडक पुग्न नसक्दा अत्यावश्यक सेवाका रूपमा रहेको एम्बुलेन्स पनि जान नसक्ने स्थिति छ। पञ्चपेडा गाउँसम्म पुग्नका लागि खजुरा खोलामा वर्षौदेखि सडक र पुल जीर्ण हुँदा एम्बुलेन्सजस्तो अत्यावश्यक सेवा सञ्चालन हुन नसकेको हो। सो सेवा सञ्चालन हुन नसक्दा स्थानीय बासिन्दा आक्रोशित भएका छन्।
पोखरा महानगरले भूमिगत पार्किङ खाली गर्ने सूचनाको समय सकिँदा पनि सम्बन्धित व्यक्ति तथा संस्थाहरूले त्यसको पालना गरेका छैनन्। महानगरले भदौ १३ गते भूमिगत पार्किङ खाली गर्न पहिलो पटक सूचना जारी गरेको थियो। पोखराका नगरप्रमुख धनराज आचार्यले भूमिगत व्यापार, व्यवसाय गर्नेहरूलाई त्यो ठाउँ खाली गरेर सवारी पार्किङ गरी महानगरलाई सहयोग गर्न अनुरोध गरिएको बताउनुभयो। यद्यपि भूमिगतको ठाउँ खाली नभएपछि महानगरले अनुमगन गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई अल्टिमेटम दिएको छ।
नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११औँ संस्करण आयोजना हुने भएको छ। कात्तिक ११ देखि १५ गतेसम्म काठमाडौँमा हुने महोत्सवमा १३ युरोपेली र तीन नेपाली चलचित्र प्रदर्शन हुनेछन्। प्रत्यक्ष र अनलाइन गरी चल्ने महोत्सव भौतिक रूपमा चलचित्र विकास बोर्डमा हुनेछ। त्यसैगरी सुर्खेत महोत्सवको दोस्रो संस्करण कात्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालय परिसरमा आयोजना गरिनेछ। यहाँ पाँच युरोपेली तथा तीन नेपाली