प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आइतबार सामाजिक सञ्जाल ट्विट मार्फत जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
चार महिनाअघि काठमाडौमा भएको ४४ औँ राष्ट्रिय एथलेटिक्समा जयरानी चार स्वर्ण र एक रजतसहित सहभागी सबै विधामा पदक जितेर सर्वोत्कृष्ट खेलाडी बन्नुभयो । त्यसपछि जयरानीको चर्चा चुलिएको हो । अहिले नवौँ राष्ट्रिय खेलकुदमा पनि हेर्नलायक खेलाडीमध्ये एक हुनुहुन्छ ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल कन्ट्याक्ट करातेमा गण्डकी र नेपाल आर्मीले समान तीन तीन स्वर्ण जितेका छन् ।
महिला चार सय मिटर हर्डस्समा पनि आइतबार बिहान सुरुमा हिट चरण हुने भनिएको थियो । तर १२ खेलाडी सहभागी यो इभेन्ट्समा पाँच खेलाडी सहभागी नहुँदा सीधै फाइनल खेलाइयो ।
गोपीचन्द्र पार्कीलाई हराउने सपना पूरा गर्दै त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सतर्फ १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नुभएको छ ।
प्रदेश र सङ्घीयताको औचित्यमाथि कतिपयले प्रश्न उठाइरहेको समयमा बागमती प्रदेश सभा सदस्य हुँदै हाल मन्त्री कायम रहेकाहरू पुनः प्रदेश सभा सदस्य हुने आकाङ्क्षासहित चुनावी प्रतिस्पर्धामा छन्। प्रदेशका वर्तमान र पूर्वमन्त्रीहरू कतिपय प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ त कतिपय प्रदेश सभा सदस्यमा दोहोरिन चुनावी मैदानमा हुनुहुन्छ। बागमती प्रदेशको १८ सदस्यीय मन्त्रिपरिषद् सदस्यमध्ये मुख्यमन्त्रीसहित आठ जना सत्ता गठबन्धनका दलबाट उम्मेदवार बन्नुभएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धादिङका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै टोली खटाएर अभियान थालेको छ। विभागले गल्छी गाउँपालिकाका वडाहरूबाट यस अभियानको सुरुवात गरेको हो। गल्छी बैरेनीमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा पञ्जीकरण विभागबाटै खटिएका कर्मचारीहरूको टोलीले जिल्लाका सबै वडामा पुगेर नागरिकको राष्ट्रिय परिचयपत्र फारम भर्ने लक्ष्य लिएको जानकारी गराएको छ। शुक्रबारदेखि नै आवश्यक जनशक्ति परिचालन गरी क्रमशः जिल्लाका १०४ वटै वडामा पुगेर सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउने कार्यको सुरुवात गरिएको छ।
लोकसाहित्य परिषद्को छैटौँ अधिवेशन बखुंबहाः ललितपुरमा शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट राजितबहादुर श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिका साथै परिषद्को संरक्षक सत्यमोहन जोशी र सहसंरक्षक प्रा. प्रेमशान्ति तुलाधर चयन गरिएको छ ।
वाणिज्य बैङ्कले कात्तिक महिनामा निक्षेपको ब्याजदर यथावत् राख्ने भएका छन् । तर, कर्जाको ब्याजदर भने बढ्ने भएको छ । वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतको संस्था नेपाल बैङ्कर्स एसोसिएसनले शुक्रबार कात्तिक महिनामा निक्षेपको ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो । एसोसिएसनको कार्यकारी समितिमा ब्याजदर नबढाउने राय आएपछि शुक्रबार ब्याज नबढाउने औपचारिक निर्णय गरिएको एसोसिएसनका उपाध्यक्ष तथा एनएमबी बैङ्कका सीईओ सुनील केसीले जानकारी दिनुुभयो ।
कैलालीमा चुनावी चहलपहल बढ्न थालेको छ । मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्तापछि चुनावी चहलपहल बढ्न थालेको हो । उम्मेदवारी दर्तालगत्तै राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारमा केन्द्रित भएका छन् । भोट माग्दै दलका नेता, कार्यकर्ता गाउँमा पस्न थालेका छन् । यसैगरी मतदाता रिझाउनका लागि उनीहरू जनतालाई खेतको काममा पनि सघाउन थालेका छन् ।
जिल्लाका दक्षिणी क्षेत्रका बाढीपहिरोपीडितलाई हेलिकोप्टरमार्फत राहत पु¥याइएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा बाढीपीडितलाई वितरण गर्न सम्बन्धित गाउँपालिकामा राहत सामग्री पु¥याइएको हो । ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले पहिरोपीडितलाई वितरण गर्न राहत सामग्री हेलिकोप्टरमार्फत ल्याइएको जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सप्तरीको चारवटै निर्वाचन क्षेत्रमा समानुपातिक मतपत्र पु¥याइएको जानकारी दिनुभयो। शनिबार निर्वाचन आयोगबाट जिल्ला निर्वाचन कार्यालय सप्तरीमा पुगेको मतपत्र कडा सुरक्षाकाबीच शनिबार जिल्लाको कञ्चनरूप, शम्भुनाथ, खडक र राजविराजमा स्थापना गरिएका चारवटै निर्वाचन अधिकृतको कार्यालयलाई हस्तान्तरण गरिसकिएको जिल्ला
निर्वाचनसम्बन्धी कार्यसम्पादनका लागि जनकपुरधामस्थित प्रादेशिक निर्वाचन कार्यालय स्थापना गरिएको छ। प्रादेशिक नाम जोडिएपछि प्रदेशअन्तर्गतका जिल्ला निर्वाचन यसै कार्यालयको मातहत रहने, निगरानी गर्ने, विवरण अद्यावधिक राखिनेलगायत निर्वाचनसम्बन्धी समन्वय, सहकार्य गरी कार्यसम्पादन हुने भन्ने बुझिन्छ तर यहाँको प्रादेशिक निर्वाचन कार्यालयले जिल्ला निर्वाचन कार्यालयकै रूपमा कार्य गर्दै आएको छ।