• १३ साउन २०८१, आइतबार

लोकसाहित्य परिषदमा श्रेष्ठ

blog

ललितपुर, असोज ३० गते । लोकसाहित्य परिषद्को छैटौँ अधिवेशन बखुंबहाः ललितपुरमा शुक्रबार सम्पन्न भएको छ । 

अधिवेशनबाट राजितबहादुर श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिका साथै परिषद्को संरक्षक सत्यमोहन जोशी र सहसंरक्षक प्रा. प्रेमशान्ति तुलाधर चयन गरिएको छ ।

जोशीले भाषा, साहित्य र संस्कृति विकासका लागि सङ्ग्रह, सङ्कलन गर्नुभएका सङ्ग्रहालयका साथै अन्य भौतिक वस्तुलाई व्यवस्थित गरी परिषद्लाई निरन्तरता दिने अभिभारा नयाँ कार्यसमितिको काँधमा आएको छ । 

एमए नेपालभाषा निरन्तर रूपमा सञ्चालन भएलगत्तै उक्त परिषद् शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशीको संयोजकत्वमा उहाँकै निवास बखुंबहालमा २०४२ सालमा स्थापना भएको थियो ।