स्क्वासमा अर्को दाजुभाईको जोडी राजेन्द्र शाक्य र रिद्धी शाक्यबीच भने एकअर्काविरुद्ध नै राष्ट्रिय खेलकुदमा भिडन्त परेको छ । सो भिडन्तमा दाई राजेन्द्र शाक्य विजयी हुनुभयो ।
कपिलबस्तुमा स्रोत नखुलेको १३ लाख आठ सय रकमसहित एक जना पक्राउ परेका छन् । प्रहरीले कपिलवस्तु कृष्णनगर नगरपालिका –२ गणेशपुर चोकस्थित कृष्णनगर चन्द्रौटा सडकखण्डमा कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदैगरेको लु १ ख २३९७ नम्बरको बसलाई गोप्य सूचनाको आधारमा चेकजाँच गर्नेक्रममा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो ।
गृहमन्त्री बालकृष्ण खाणले पटक-पटक संसदमाथि प्रहार गर्नेलाई फेरि संसदमा पठाउन नहुने बताउनुभएको छ ।
भक्तपुर मध्यपुर ठिमी धुन्चेपाखाबाट एक किशोर बेपत्ता भएका छन् । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका –७ स्थायी घर भएका १६ वर्षीय किशोर अंकित तिमल्सिना शनिबार बिहान साढे ९ बजेदेखि हराइरहेको परिवारका सदस्यले बताउनुभएको छ । बाबु रामचन्द्र तिमल्सिना र आमा गोमा पराजुलीले छोरा शनिबार बिहान बिस्कुट किन्न धुन्चेपाखा घरबाट निस्केदेखि हराएको बताउनुभयो । खोजीकार्यका लागि ठिमीस्थित प्रहरी कार्यालयमा उजुरी दिएको उहाँहरुको भनाइ छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा टेनिसको ‘टिम इभेन्ट’ प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ नेपाली सेनाले स्वर्ण पदक जितेका छन् । पोखरा रगंशालास्थित टेनिस कोर्टमा भएको खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मी माथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको ऐतिहासिक दायित्व आर्थिक समृद्विको नयाँ क्रान्तितिर अघि बढ्नुपर्ने रहेको बताउनुभएको छ।
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ खेलाडी नेपाल आर्मीका २६ वर्षीय निमिस थापाको मृत्यु भएपछि प्याराग्लाइडिङ स्पर्धानै स्थगित भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नवौँ राष्ट्रिय खेलकुदको महिला फुटबलमा विभागीय त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । वालिङमा आइतबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ११–० गोलले हरायो ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरु मिलेर देशको गरिबी हटाउनुपर्ने बताउनुभएको छ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा जारी महिला भलिबलमा एपीएफले जित निकालेको छ । बेनीको खुला मञ्च मैदानमा आइतबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मीलाई ३–१ को सेटमा हरायो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जित्नुभएको हो ।
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार बुद्धिचाल प्रतियोगितामा खुलातर्फको क्लासिकल इभेन्टमा एनआरएनका आशिष फुयाँलले एकल अग्रता कायम गर्नुभएको छ ।
थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेश, एपीएफ र त्रिभुवन आर्मीले जित हासिल गरेका छन् । आइतबार बिहान भएको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १७–७ स्कोरले पराजित गरेको हो ।
नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको सही कार्यान्वयन हुन नसक्दा अहिले पनि परिवर्तनमाथि धावा बोल्ने काम भइरहेको बताउनुभएको छ ।