सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गत शनिबारदेखि नेपालबाट मनसुन बाहिएको छ । मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकाको मौसम सफा भएको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका खेलकुद प्रतियोगीता जिल्ला तहमा सञ्चालन भए पछि सदरमुकाम बागलुङ बजारका होटलहरु भरिभराउ भएका छन् ।
साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक २.६१ अङ्क घटेर १८५८.३३ बिन्दुमा झरेको हो ।
महिला एक सय मिटर हर्डल्स्मा नेपाली सेनाकी जयरानी थारुले स्वर्णपदक प्राप्त गर्नुभयो । जयरानीले फाइनलमा मात्र होइन यस इभेन्टको हिट चरणमा पनि गौरव हासिल गर्नुभयो । हिट चरण १५.१६ सेकेन्डमा पूरा गरेर जयरानीले राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो ।
नेपाली कांग्रेसका नेता सिंहले काठमाडौंमा पत्रकार सम्मेलनमार्फत ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ भन्ने उद्देश्यका साथ आफ्नो प्रतिबद्धता एवम् भावी योजना सार्वजनिक गर्नुभएको हो ।
नवौं राष्ट्रिय खेलकुदको टेबुलटेनिस प्रतियोगितामा नेपाल पुलिस क्लबका बिनेस खनियाँले एक्लै तीन स्वर्ण जित्नुभएको छ । पोखराको कोल्मा बहाकोट तमु समाजमाको प्रतियोगितामा पाचँ स्वर्ण छिनोफानो हुदाँ पुलीसले चार स्वर्ण जित्दा बिनेसले तीन स्वर्ण जित्नुभएको हो ।
निर्वाचन अयोगले देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्रहरु निर्धारण गरेको छ । देशभर प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्र रहेका छन् ।
हीराबहादुर थापाको विरासतलाई कायम राख्दै अमृत थापामगरले सोमबार राष्ट्रिय खेलकुदमा स्क्वास एकलको स्वर्ण पदकमा ह्याट्रिक गर्नुभएको छ ।
होटल सङ्घ नेपालले बैंकको सावा ब्याजको किस्ता तिर्ने समय दुई वर्ष थप नगरे होटलहरु बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेर निर्वाचन आयोगले मनोनयनपत्र खारेजसमेत गर्ने जनाएको छ ।
रुसले सोमबार बिहान किभमा ‘ कामिकाजे ड्रोन’ मानवरहित विमान आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपतिले यस आक्रमणलाई झण्डै आठ महिनादेखि हजारौंको ज्यान लिने युद्धमा निराशाको कार्यको रूपमा वर्णन गरेको छ ।
खाद्य सुरक्षाका लागि थप लगानी गर्न कम्बोडिया तथा संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले आग्रह गरेका छन् । कम्बोडिया सरकार तथा संयुक्त राष्ट्रसङ्घीय एजेन्सी संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले सो आग्रह गरेका हुन् ।
तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी मृत्यु हुुनेको सङ्ख्या आठ पुगेको जनाइएको छ ।
समानुपातिक बन्द सूचीमा रहेका ४३९ ले कात्तिक ५ गतेभित्र जरिवाना बुझाउनुपर्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई कात्तिक ५ गतेसम्म बुझाउन समय दिएको हो ।