नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला एक सय मिटर दौडमा विभागीय टोली त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नुभएको छ ।
एनडीएमएले आफ्नो मूल्याङ्कनमा २३ प्रभावित सुक्खा र अर्ध–सुक्खा क्षेत्रहरूमा तीव्र रूपमा कुपोषित बालबालिकाकाहरूको सङ्कलन गरेको छ । एक लाख ३४ हजारभन्दा बढी गर्भवती वा सुत्केरी महिलाहरूमा कुपोषण देखिएको छ ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा विभागीय टोली नेपाल एपीएफ क्लबले कर्णाली प्रदेशमाथि गोल वर्षा गरेको छ । शनिबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई १६–० गोलले हरायो ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १५ सय मिटर महिलातर्फ नेपाल एपीएफ क्लबकी फुलमती रानाले स्वर्ण पदक जित्नुभएको छ । पोखरा रंगशालामा शनिबार बिहान भएको खेलमा फुलमतीले निर्धारित दूरी ४ मिनेट ३८.१९ सेकेन्डमा पूरा गर्नुभयो ।
शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख अमिष पाठकका अनुसार उपचाररत जोशीको स्वास्थ्य अवस्था शुक्रबारबाट कमजोर बन्दै गएको छ ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको एक सय मिटर पुरुष दौडमा एपीएफ क्लबका शिवराज पार्कीले स्वर्ण पदक जित्नुभएको छ । पोखरा रंगशालामा शनिबार बिहान भएको खेलमा शिवराजले निर्धारित दूरी १०.५६ सेमन्डमा पूरा गर्नुभयो ।
भारतको वित्तीय केन्द्र मुम्बईमा नोभेम्बर देखि कारको पछाडिको सिटमा बस्नेहरूका लागि पनि सिट बेल्ट लगाउन अनिवार्य गरिएको मुम्बई ट्राफिक प्रहरीले जनाएको छ ।
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा शुक्रबार साँझ एउटा गाडीमा बम विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।
सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ । बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले कात्तिक ४ देखि ७ गतेबाट सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने निर्णय गरेको थियो ।
डेंगुका अधिकांश बिरामीहरुमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।
नेपाली सिनेमाघरमा पाँच नयाँ चलचित्र प्रदर्शनमा आएका छन्। ‘हिजोआजका कुरा’, ‘डाक्टर जी’, ‘गडफादर’, ‘कन्तारा’ र ‘वान पिस रेड’ प्रदर्शनमा आएका चलचित्र हुन्। ‘हिजोआजका कुरा’ साकार पन्तको निर्देशन रहेको चलचित्र हो। चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जयनन्दन लामा, रमेश अधिकारी, जेविका कार्की, विनायक कुइँकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, लक्ष्मी भुसाल, सविन शाक्य, मञ्जु श्रेष्ठ, कमला रेग्मीलगायत कलाकारको अभिनय छ।
गायक प्रकाश सपूत र रेश्मा घिमिरे अभिनित ‘जाने भए जाउ माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेन्टिमेन्टल भर्सनको गीतमा स्वर गायक सरन गुरुङले दिनुभएको छ। गीतमा शब्द, सङ्गीत विकास ल्वागुनको रहेको छ। गीतलाई कोबिद वज्रले सङ्गीत संयोजन गर्नुभएको हो।
बदलिँदो जीवनशैलीसँगै युवा अवस्थामा फेसनका लागि अनलाइन सपिङको लोकप्रियता बढ्दो छ। लत्ताकपडा होस् वा सौन्दर्य प्रसाधन फेसनका लागि अनलाइनको प्रयोग बढ्दो छ। ओछ्यानमै बसी–बसी सामान छनोट गर्न सक्नु र एक कल फोनकै भरमा घरमै सामान प्राप्त गर्नुले पनि यसमा लोकप्रियता बढेको हो।
पछिल्लो दिनहरुमा कम्जोर बन्दै गएको मनसुनी प्रणालीको असर पश्चिम नेपालमा हल्का रहेको छ । शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।