सत्तारुढ दल नेपाली कांग्रेसको शुक्रबारको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा आगामी निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित घोषणापत्र तयारी समितिका सदस्य एवम् पदाधिकारी, पूर्व पदाधिकारीबीच शुक्रबार केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बसेको बैठकमा सो छलफल भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले निर्वाचन सम्बन्धी जिज्ञासाको सम्बोधन गर्न टोल फ्रि नम्बर ११०२ सञ्चालनमा ल्याएको छ । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले शुक्रबारदेखि टोल फ्रि नम्बर ११०२ सञ्चालनमा ल्याएको हो ।
करिब एक साताको अविरल वर्षाका कारण आएको बाढीले नरैनापुर सोनवर्षामा भत्काएको बाँध तत्काल मर्मत गर्न स्थानीयले माग गरेका छन् । सो बाँधलगायत नरैनापुर क्षेत्रमा आएको बाढी र डुबानको स्थलगत निरीक्षण गर्न नरैनापुर पुग्नु भएका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीसहितको टोलीसँग पीडित स्थानीयले सो माग गरेका हुन् ।
पशुपतिनाथमा भक्तजनहरुले चढाएका सामग्रीहरुको बिक्री सुरु गरिएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले अर्पण गरेका गहना, लत्ताकपडालगायतका जिन्सी सामग्रीहरुलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरु गरेको हो ।
शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था झन कमजोर बन्दै गएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख अमिष पाठकले उपचाररत जोशीको स्वास्थ्य अवस्था कमजोर बन्दैगएको जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ६९ कोरोना परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मधेश प्रदेशका सरकारले नेपाली कांग्रेसबाट बनेका तीन जना मन्त्रीलाई शुक्रबार पदमुक्त गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले उनीहरुलाई पदमुक्त गर्नुभएको हो ।
नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन सुरु हुनुअघि नै फेन्सिङ प्रतियोगिता सकिएको छ । फेन्सिडमा नेपाल सेना च्याम्पियन बन्यो ।
मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि पाँचथरमा एक हजार १२ जना म्यादी प्रहरी छानिएका छन् ।
सावित्रा भण्डारीको दोहोरो ह्याट्रिक सँगै शसस्त्र प्रहरीको एपीएफ क्लबले महिला फुटबलमा सानदार जित निकालेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वालिङमा शुक्रबार भएको खेलमा एपीएफले प्रदेश–१ लाई ७–१ गोलले हरायो ।
अमेरिकी डलरको मूल्यमा लगातार उकालो लागेको छ । डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।
गुल्मीका ३५ मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन्।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा शुक्रबार देखि सुरु भएको महिला भलिबलमा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । बागमतीले प्रदेश १ लाई ३–० को सोझो सेटमा हरायो ।
खेतबारी, करेसाबारी रङ्गिन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले भ्याइनभ्याइ छ ।