सरकारले विदेशी लगानीको न्युनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपियाँ तोक्ने निर्णय गरेको छ।
बाँकेको बैजनाथ गाउँपालिकामा रहेको लक्ष्मी प्रथामिक विद्यालयको भौतिक पूर्वाधारहरुको अवस्था दयनिय बनेको छ । बाँकेको बैजनाथ गाँउपालिका वडा नम्बर ८ गुरदयालपुरको श्री लक्ष्मी प्रथामिक विद्यालयको अवस्था पनि डरलाग्दो छ ।
नेपाल सरकारका गृहमन्त्री एवम् सत्ता गठबन्धन रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार बालकृष्ण खाणले नेपालमा जन्मिएका नागरिकले नागरिकता पाउनुु संवैधानिक अधिकार भएकाले सबै नागरिकलाई नागरिकता दिइने बताउनुभएको छ ।
मङ्सिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि जिल्लामा चुनावी सरगर्मी बढेको छ ।
नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याई भएको छ । भक्तपुरको ‘पोर्टरी स्क्वायर स्वाएर’ मा माटाको भाँडा बनाउँदै आएका स्थानीय प्रजापति समुदायलाई भ्याइनभ्याइ भएको हो ।
इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रशिद निर्वाचित हुनुभएको छ । संसदमा बिहीबार भएको मतदानपछि उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको सभामुखले घोषणा गर्नु भएको थियो । नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुई पटक मतदान भएको थियो ।
ब्राजिलमा कोभिड १९ विरुद्धको सङ्घर्षका क्रममा कम्तीमा पनि चार हजार पाँच सय जनाको ज्यान गएको छ । जनस्वास्थ्यसम्बन्धी एक विश्व संस्थाले गरेको अनुसन्धानबाट यो तथ्य खुलेको हो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आठ वटै संवैधानिक आयोगले अनुगमन गर्ने भएका छन् । संयुक्त रुपमा बसेको बैठकले संयुक्त रुपमै अनुगमन तथा मुल्यांकन गर्ने निर्णय गरेको हो ।
म्याग्दीको बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शुक्रवार भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले विजयी यात्रा अघि बढाएको छ ।
चलचित्र विकास बोर्डले ऐतिहासिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘नालापानी’लाई कर छुट दिन पहल सुरु गरेको छ। बोर्डका अध्यक्ष भुवन केसीले नेपालको गौरवगाथा बोकेको ‘नालापानी’ नेपालको ऐतिहासिक विषयमा बनेको र चलचित्र विकास बोर्डले विशेष चलचित्र घोषणा गरी राष्ट्रपतिबाट सम्मान प्राप्त गरिसकेकाले चलचित्र कर छुटका लागि योग्य भएको जानकारी दिनुभयो। उहाँले यस प्रकारका राष्ट्रिय गौरव बोकेका चलचित्रलाई प्रवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्य आफूले सधैँ राख्ने बताउनुभयो।
निर्वाचन आयोगले मिडिया अनुगमनको नाममा सेना र प्रहरीको साइबर ब्युरो राखेर सञ्चारमाध्यम, सामाजिक सञ्जाल अनुगमन गर्ने तयारी गरेकोप्रति नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायले विरोध जनाएका छन् । प्रेस काउन्सिल नेपालले आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतिनिधिले सो विरोध जनाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता बनाउनेको भीड लागेको छ। गुल्मी घर भई जिल्लाबाहिर पेसा व्यवसाय र अध्ययन गर्ने विद्यार्थीहरू दशैँ बिदामा घरमा आएको मौका छोपेर नागरिकता बनाउन आएकाले पनि भीडभाड बढेको हुनसक्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। जिल्लामा मङ्गलबारबाट नागरिकता बनाउनेको बढी भीडभाड भएको जनाएको छ। दैनिक ४० वटा नागरिकता वितरण गर्ने क्षमता भएको जिल्ला प्रशासनबाट अहिले एकै दिन १४८ सम्म नागरिकता वितरण हुने गरेको
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले जनतालाई सर्वसुलभ र सहज तरिकाले स्वास्थ्य सेवा प्रवाह गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। जनकपुरधाममा बिहीबार प्रदेश स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले आयोजना गरेको आर्थिक वर्ष २०७८÷७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो।