• १६ भदौ २०८१, आइतबार

‘नालापानी’लाई कर छुट दिन आग्रह

blog

काठमाडौँ, असोज २८ गते । चलचित्र विकास बोर्डले ऐतिहासिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘नालापानी’लाई कर छुट दिन पहल सुरु गरेको छ। 

बोर्डका अध्यक्ष भुवन केसीले नेपालको गौरवगाथा बोकेको ‘नालापानी’ नेपालको ऐतिहासिक विषयमा बनेको र चलचित्र विकास बोर्डले विशेष चलचित्र घोषणा गरी राष्ट्रपतिबाट सम्मान प्राप्त गरिसकेकाले चलचित्र कर छुटका लागि योग्य भएको जानकारी दिनुभयो। उहाँले यस प्रकारका राष्ट्रिय गौरव बोकेका चलचित्रलाई प्रवर्धन गर्नुपर्छ भन्ने उद्देश्य आफूले सधैँ राख्ने बताउनुभयो।