निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आज (बिहीबार) बाट सुरु गरेको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आजबाट सुरु गर्ने बताउनुभएको हो ।
काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई असोज ३१ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ ।
रेखा पौडेलले ह्याट्रिक गरेसँगै विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा विजयी सुरुवात गरेको छ । स्याङ्जामा बिहीबार भएको समूह ‘ए’ को खेलमा पुलिसले बागमती प्रदेशलाई ५–० गोलले हरायो ।
आँखामा हुने अन्धोपनको ८० प्रतिशतसम्म उपचार गर्न सकिने त्रिवि शिक्षण अस्पतालका उप–प्राध्यापक डा. सञ्जीव भट्टराईले बताउनुभएको छ।
राष्ट्रिय खेलाडीले भरिएको विभागीय टोली एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा आयोजक गण्डकी प्रदेशमाथि सानदार जित निकालेको छ । प्रतियोगितामा दोस्रो जित निकालेको एपीएफले सेमिफाइनलमा पुग्ने सम्भावना समेत बलियो बनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ७८६ कोरोना परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
फुटवयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेले राज्य आफैँले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताउनुभएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनसँगै दोलखामा चुनावी चहलपहल सुरु भएको छ । राजनीतिक दलहरूले निर्वाचन क्षेत्रस्तरमै भेला, बैठक र चुनाव केन्द्रित गतिविधि सुरु गरेका छन् भने कतिपय उम्मेदवारले घरदैलो सुरु गरिसकेका छन् ।
शताब्दीपुरुष सत्यमोहन जोशीलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको छ।
इरानी राष्ट्रपति इब्राहिम रायसीले बिहीबार संयुक्त राज्य अमेरिकाले इस्लामिक गणतन्त्रविरुद्ध अस्थिरताको नीति अवलम्बन गरेको आरोप लगाउनुभएको छ । यहाँ महसा अमिनीको मृत्युलाई लिएर विरोध प्रदर्शन भईरहेको छ ।
गृह मन्त्रालयले पूर्व सूचना प्रणालीलाई सबै क्षेत्रमा प्रभावकारी बनाउन नसक्दा वर्षेनी विपद्जन्य जोखिमका समस्या बढ्दै गएको भन्दै पूर्व सूचना प्रणालीको द्रुततर विकास गर्न सरकार लागिपरेको बताएको छ ।
नेकपा (एमाले) का नेता भीमबहादुर रावलले अनुशासनको कुरा उठाएर पार्टीमा योगदान दिएका नेतालाई किनारा लगाउनु पार्टीको हित, नीति र सिद्धान्त विरुद्ध भएको बताउनुभएको छ ।
जलवायु परिवर्तनको असरलाई कम गर्न तीन वटै तहको सरकारले समन्वय र सहकार्यलाई जोड दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
काठमाडौं, असोज २७ गते । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार’ सार्वजनिक गरिएको छ । गीतमा अजय पोखरेलको शब्द तथा इन्द्र दाहालको सङ्गीत रहेको छ । विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोलाई विशाल निरौलाले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको भिडियोमा शिल्पा पोखरेल र विक्रम बुढाथोकीको अभिनय रहेको छ । प्रकाश खड्काको छायाङ्कन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गर्नुभएको हो।