लामो समय झरी लागेर दुई दिनदेखि मौसम खुल्न थालेपछि किसानलाई धान भित्र्याउने चटारो शुरु भएको छ । बुधबारदेखि मौसममा केही सुधार आएपछि किसानहरुलाई धान काटेर भित्र्याउने चटारो शुरुभएको हो ।
गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिहीबार गृह मन्त्रालयमा शिष्टाचार बिदाई भेट गर्नुभएको छ ।
सोमालियामा यहाँको सुरक्षा फौजले गरेको कारबाहीमा परी अल सेबाबका कम्तीमा पनि ५० जना लडाकु मारिएका छन् ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मत सर्वेक्षण गर्न नपाइने बताएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने जानकारी दिनुभयो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
नवलपरासीपूर्वको गैँडाकोट नगरपालिका–३ केलादीकी सुकमाया थापा ९८ (वर्षीया) सामाजिक सुरक्षाभत्ता घरमै पाउँदा निकै खुसी हुनुहुन्छ । वडाध्यक्षले भत्ता लिएर घरमा पुग्दा पिँढीमा बस्नुभएकी सुकमायाले पहिले बैँकमा लाइन बस्नुपर्दाका दुःखलाई स्मरण गर्नुभयो ।
तनहुँको भीमाद हुदै गुड्ने शृङ्गपथ सडक खण्डमा सडक भासिँदा तनहुँसहित चार जिल्लाका मानिसहरूको आवागमनमा ठप्प भएको छ । दसैँको समयमा परेको आधा दर्जन ठाउँमा पहिरो गएकोले आवागमनमा समस्या परेको घरिङ गाउँपालिका निवासी अञ्जन परियारले जानकारी दिनुभयो ।
सीमा क्षेत्रमा तस्करी बढेसँगै यसको प्रभाव राजस्वमा परेका कारण भन्सार कार्यालय विराटनगरले समेत गस्ती सुरु गरेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले भन्सार विभागको परिपत्रअनुसार सीमा क्षेत्रमा गस्ती सुरु गरिएको जानकारी दिनुभयो । विराटनगर भन्सारले चालू आर्थिक वर्षको साउनमा तीन अर्ब ६४ करोड ८६ लाख ४१ हजार राजस्व असुलीको लक्ष्य लिइएकामा दुई अर्ब ९५ करोड १४ लाख ७० हजार अर्थात् लक्ष्यको ८०.९० प्रतिशत सङ्कलन गरेको छ ।
आयात प्रतिबन्धका कारण व्यवसायीले नोक्सानी बेहोर्नु परेको र तस्करी बढिरहेको भन्दै नेपाल समुद्रपार निकासी पैठारी सङ्घले यो हटाउन माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै सङ्घले छवटा वस्तुको आयात प्रतिबन्ध फुकुवा भए पनि बढी राजस्व हुने वस्तुको आयातमै प्रतिबन्ध लाग्दा सरकारले लक्ष्यअनुसार राजस्व पनि सङ्कलन गर्न नसकिरहेको सङ्घले जनाएको छ । अर्कोतर्फ ती वस्तुको कारोबारका लागि अर्बौं रुपियाँ लगानी गरेर पूर्वाधार तयार गरेका
सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा प्रत्यक्षमा महिला उम्मेदवारहरू प्रतिस्पर्धा गर्दै छन्। नेपाली कांगे्रसले प्रदेश सभा सदस्यमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को (क)मा सामाजिक क्षेत्रबाट राजनीतिमा आएकी मनकुमारी खड्का (मसिना)लाई उम्मेदवार बनाएको छ।
सिन्धुली जिल्लाका दुईवटा स्थानीय तहले नागरिकमैत्री सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउन नयाँ कार्य सुरु गरेका छन्। जिल्लाका मरिण गाउँपालिका र दुधौली नगरपालिकाले कार्यालयभित्रै सेवाग्राहीलाई चिया, पानी र सर्वत उपलब्ध गराएर सहज सेवा प्रवाह गर्न सुरु गरेका हुन्। मरिण गाउँपालिकाले कार्यालयमा प्रवेश गर्ने मूल गेटअगाडि सेवाग्राही सहायता कक्ष स्थापना गरी सर्वत र चिया व्यवस्था गरेको छ।
सहरी विकास मन्त्रालयअन्तर्गतको काठमाडौँ उपत्यका विकास प्राधिकरणले व्यापारिक भवन, हाउजिङलगायतका उपत्यकाभित्रको सार्वजनिक जग्गा तथा संरचनाको दुरुपयोगलाई रोक्ने भएको छ । यसका लागि प्राधिकरणले एक साताको म्याद दिएको छ । सो अवधिमा त्यस्ता जग्गा तथा संरचना नछाडे अथवा नियमानुसार नगरेका पाइएमा कारबाही प्रक्रियामा जाने जनाएको छ ।
विराटनगर एकीकृत जाँचचौकी (आईसीपी)बाट सामान आयात हुने भएको छ । यसअघि भन्सार नाकाबाट सामान आयात हुँदै गरेकामा अब आईसीपीबाट आयात हुने जनाएको छ । भारतीय भन्सार कार्यालयले सूचना निकालेर आगामी असोज ३० गतेदेखि एकीकृत जाँचचौकी प्रयोग गरेर मात्रै सामान आयात गर्ने भनेको छ । दुई वर्षअघि आईसीपी निर्माण भए पनि सञ्चालनमा आउन सकेको थिएन ।