• ४ जेठ २०८१, शुक्रबार

निक्षेपको ब्याजदर यथावत्

blog

काठमाडौँ, असोज ३० गते । वाणिज्य बैङ्कले कात्तिक महिनामा निक्षेपको ब्याजदर यथावत् राख्ने भएका छन् । तर, कर्जाको ब्याजदर भने बढ्ने भएको छ ।

वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतको संस्था नेपाल बैङ्कर्स एसोसिएसनले शुक्रबार कात्तिक महिनामा निक्षेपको ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो । एसोसिएसनको कार्यकारी समितिमा ब्याजदर नबढाउने राय आएपछि शुक्रबार ब्याज नबढाउने औपचारिक निर्णय गरिएको एसोसिएसनका उपाध्यक्ष तथा एनएमबी बैङ्कका सीईओ सुनील केसीले जानकारी दिनुुभयो ।

एसोसिएसनको निर्णयअनुसार अब वाणिज्य बैङ्कले कात्तिकका लागि पनि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याजदर प्रकाशित गर्ने भएका छन् । यो असोज महिनाकै दर हो । अब संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.१३३ प्रतिशत नै कायम हुने भएको छ । व्यक्तिगत मुद्दतीमा १२.१३३ प्रतिशत ब्याज दिने बैङ्कले बचतमा कम्तीमा पनि ७.१३३ प्रतिशत ब्याज दिनुपर्ने भएको छ ।