• १३ साउन २०८१, आइतबार

नेवाः मौलिक संस्कृति संरक्षणको चिन्ता

blog

ज्योतिषशास्त्र र धर्मशास्त्र एकअर्काको परिपूरक हुन्। चान्द्र एवं सौरको समन्वयले नेवाः संस्कृति धार्मिक, आध्यात्मिक, तान्त्रिक तथा परम्परागत सामाजिक, मौलिक सांस्कृतिक, सनातन कर्म, कृत्यादि कालमानानुसार उषाः, प्रातः, पूर्वाह्नः, मध्याह्नः, अपराह्नः, सायंह्न, प्रदोष, रात्रि, मध्यरात्रिमा मात्र होइन बेला, मूहुर्त (साइत) समेत हेरी नित्य, नैमित्तिक र काम्यकर्मलगायत विभिन्न पूजा, आराधना, अनुष्ठान, जप, तपादि खाइ, नखाइ, खुला एवं गुप्त रूपमा यथासमयमा गरिन्छन्। रात्रिपूजाकर्ममा चरय्पूजा, ऐन्यापुन्हि, चथाः पूजा, लक्ष्मीपूजा, म्हपूजा, किजापूजा, थिंलापुन्हि, कालरात्रि पूजा, आदि छन्। ज्योर्तिविज्ञानका प्रणेता महर्षिहरूले सिद्ध गरिसकेका छन् कि यस अनन्त ब्रह्माण्डमय चराचर जगत्को उद्भव, पालन र प्रलय गर्ने सर्वशक्तिसम्पन्न परब्रह्म परमेश्वर काल (समय) हो। वेद, उपनिषद्, पुराणादिमा पनि काललाई नै परब्रह्म बताइएको छ। 

नेपाल भाषाभाषी नेवाःहरूले प्रत्येक वर्ष मनाउने मौलिक संस्कृति स्वन्हुतिथि स्वन्ति पर्वको लक्ष्मीपूजा, म्हपूजा, किजापूजाको आफ्नै महìव छ। ज्योतिषग्रन्थ, धर्मशास्त्र, नेवाःथ्यासासपूm र कुल परम्परानुसार सुलं नबसी अखण्डित रूपमा तीन दिनको पर्व नटुटाई निरुपित विशेष कर्मकालव्यापिन् तिथिमा धार्मिक, आध्यात्मिक एवं तन्त्रोक्त विधिविधानले लगातार पूजा गर्नुपर्नेमा वि.सं.२०७९ को पात्रोमा तीन दिने स्वन्तिपर्व उल्लेख गरिएको छ। प्रथम दिन लक्ष्मीपूजा कात्तिक ७ गते सोमबार छापिएको ठीक भए पनि भोलिपल्ट दोस्रो दिन कात्तिक ८ गते मङ्गलबार सूर्यास्तसँगै ग्रहणपछि कार्तिक शुक्लप्रतिपदा तिथि प्राप्त सायंहकाल अस्तसं स्नान्शुद्धिपश्चात् कुलपरम्परानुसार अमावास्यायुक्त प्रतिपदा तिथिमा बलिपूजासहित रात्रिदीपोत्सवका साथ स्वदेहआत्म म्हपूजा गरी सुखरात्रि (औँसी सकेर कछलाथ्व पारु देखिने रात्रि) मनाउनु पर्छ। 

नेवाःहरूको परम्परागत मौलिक संस्कृतिको महìवपूर्ण क्षण बिथोलेर एकदिन टुटाउँदै पर्वखण्डित गरेर पर्सिपल्ट तेस्रो दिन कात्तिक ९ गते बुधवार किजापूजा गर्नुपर्ने दिन म्हपूजा पात्रोमा छापेर नेवाः धर्मसंस्कृति लोप गर्ने प्रयत्न भए। जसको पञ्चाङ्ग निर्णायक समितिको सुस्पष्ट जवाफ छैन। बिहान वा मध्याह्नकालमा म्हपूजा गर्ने शास्त्रीय प्रामाणिक आधार छैनन्। शास्त्रीय मर्यादाविपरीत सूर्योदयकालीन केही क्षणको तिथि दिनरातभर हुन्छन् भन्ने कुरा पनि ज्योतिषशास्त्रानुसार मिथ्या हुन्।  तेस्रो दिन कात्तिक ९ गते बुधवार कार्तिक शुक्ल प्रतिपदा तिथियुक्त द्वितीया तिथिमा अपराह्न ३ः३६ बजेदेखि दाजुभाइलाई दिदीबहिनीले हर्षोल्लासका साथ शुभसगुनसहित दाजुकिजा पूजा भाइटीका कर्म सुरु गरिनुपर्छ। चौथो दिन कात्तिक १० गते बिहीबार तृतीयामिश्रित द्वितीयमा भाइटीका भनेर सरकारी नियन्त्रित पात्रोमा समेत छापिनु शास्त्रीय मर्यादाविपरीत छ। यस दिन नेवाःहरूले बिहान स्वांक्वकायेगु भनेर देवीलक्ष्मीको प्रसाद ग्रहण गरेर स्वन्तिपर्व समापन गर्ने परम्परा छ। 

पात्रोमा कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसी तिथि सायह्न ४ः३३ बजेसम्म भई उप्रान्त कार्तिक शुक्ल प्रतिपदा तिथि सुरु भएर ४ः५२ बजेमा ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण स्पर्श भई ५ः२४ बजेसम्म सर्वपर्व ग्रहणकाल ३२ मिनेट मात्र हुनेछ। धर्मशास्त्रले नदेखिने ग्रहण बार्नु नपर्ने निर्देशन गरेकाले कात्तिक ८ गते मङ्गलबार ५ः२४ बजे सूर्यास्तपछि भित्री आत्मदेखि स्नान शुद्धि गरी श्रद्धापूर्वक कुलपरम्परानुसार आत्मज्ञ म्हपूजा गर्नुपर्छ। धर्मशास्त्र प्रमाणानुसार सुलं बसेर छोड्नु, पर्वखण्डित गर्नु हुन्न।

रात्रिमा सूर्यग्रहण दिनमा चन्द्रग्रहण भए स्नान् दानकार्य गर्नु पर्दैन। कात्तिक ८ गते मङ्गलबार न दिन न रात्रि अर्थात् दिन सकिएर रात सुरु हुने बेलुकी साँझपख सायंकालको अन्तिम घडीमा ग्रहण स्पर्श भई प्रदोष रात्रिको मुखैमा सूर्यास्त सँगसँगै सर्वपर्व ग्रहणकाल पनि सकिने भएकोले आत्मपवित्रता हेतु स्नानशुद्धि गरेर महत्वपूर्ण म्हपूजा कर्म गर्नुहुन्छ। म्हपूजा कर्म गर्ने बेला, साँझमा लाग्ने ग्रहणलाई पात्रोमा दिउँसो भनेर पर्वखण्डित गर्दै पर्वको क्रमभङ्ग गर्नु शास्त्रीय मर्यादाविपरीत छ। ग्रहणकाललाई सुतक मानिन्छ तर सङ्कल्पसहित कार्यारम्भ भइसकेपछि ग्रहण, सुतक दोष लाग्दैन भन्ने विभिन्न शास्त्रमा पाइनाले महत्वपूर्ण म्हपूजा कर्मलगायत व्रत, यज्ञ, विवाह, श्राद्ध, होम, अर्चन, खाद्यपदार्थ खानु निषेध छैन। 

वि.सं.२०५२ वर्षको पात्रोमा कात्तिक ७ गते मङ्गलबार बिहान कार्तिक कृष्ण औँसी तिथिउप्रान्त प्रतिपदा तिथि सुरु हुन्छ। गोबलि गाई (म्ह) पूजा, दिन प्रातः ७ः४० बजे खण्डग्रास सूर्यग्रहण भई १०ः१५ बजे मोक्ष हुँदा र ८ गते बुधबार कार्तिक शुक्ल प्रतिपदा तिथि बिहान छँदा गोबद्र्धन यम २ भ्रातृ (भाइटीका किजा) पूजा, नेपाल संवत् १११६ प्रारम्भः भनी स्वन्तिपर्व खण्डित (सुलं­­) नगरि ठीक ढङ्गले पात्रोमा रहेकाले अपराह्न, सायंकालमा म्हपूजा सम्पन्न हुन्छ। यो वर्षको पात्रोमा कात्तिक ८ गते नेवाः संस्कृति पर्व बिथोल्दै म्ह पूजाको दिन टुटाइयो। बलिपूजा कात्तिक ८ गते मङ्गलबार राति हुनुपर्नेमा पात्रोमा कात्तिक ९ गते बुधबार चन्द्रोदयपछि भनेर लेखिनु शास्त्रीय परम्पराविपरीत छ। 

स्वदेह आत्म म्हपूजा र नेपाल संवत्बारे 

शास्त्रानुसार स्वन्तिपर्व सौर दिन गतेबाट व्यवहुत हुने नभई चान्द्रतिथि कालमानानुसार हुने हुँदा कार्तिक शुक्ल प्रतिपदा तिथि दुई घडी भए पनि अघिल्लो दिनमा त्यो सूक्ष्म चन्द्रोदय हुने भएकाले औँसी उदयमा म्हपूजा गर्नु उत्तम हुन्छ। प्रतिपदा तिथ्योदयकालमा सूक्ष्म शुक्लत्वको सुरु चन्द्रमामा परी शुक्लकला वृद्धि हुँदै जानेछ। अर्थात् चन्द्रकला कत्ति नभएको औँसी (कुहु) पछि सूक्ष्म चन्द्रोदय अर्थात् चान्द्रवर्ष कृष्णपक्ष कौलागा औँसी तिथिको अन्तिम घडीपला उप्रान्त नेपाल संवत् नव वर्ष शुक्लपक्ष कछलाथ्व प्रतिपदा तिथिको प्रथम घडीपला प्रवेश (स्पर्श) हुने क्षणमा नववर्षको ज्योर्तिगणना सुरु हुने समय सायंकाल (अस्तसं) नेवाःहरूले स्वन्तिपर्वको अति महìवपूर्ण दोस्रो कर्म स्वदेहआत्म म्हपूजा गरी नववर्ष सुखरात्रि उत्सव मनाउँछन्। 

तिथि घटबढको कारण म्हपूजा पुरानो वर्षमै दुई पटक प¥यो कि वा कुनै वर्षमा म्हपूजा नै भएन कि भन्ने भ्रम मात्र हुने हो। वास्तवमा म्हपूजा वर्षदिनमा एक पटक निश्चित रूपमा प्रतिपदा तिथि घडीपला प्रवेश (स्पर्श) हुँदा नयाँ वर्ष गणना हुँदा वास्तविक उत्सव हुने र भोलिपल्ट सूर्योदयकालीन कार्तिक शुक्लप्रतिपदा तिथिबाट दिन गणनारम्भ हुने कात्तिक ९ गते बुधबार पनि नववर्षाेत्सव हुन्छ।  म्हपूजा र नेपाल संवत् भिन्न विषयलाई एउटै डालोमा राखिँदा भएको पनि पोखेर भविष्यमा नेपाल भाषाभाषी नेवाःहरूको प्राचीनतम् ऐतिहासिक पहिचान गुम्न सक्छ। कारण करिब ५,११२ वर्षअघिको द्वापार युगकालीन म्हपूजालाई नेपालसंवत् प्रचलनसँग जोडेर वकालत गरिँदा नेवाःहरूको करिब ७,००० वर्ष अघिदेखिको इतिहास र पहिचान गुम्नसक्ने सम्भावनातर्फ पनि ध्यान जान आवश्यक छ।

नेपाल भाषाभाषी नेवाःहरूको पौराणिककालीन देखिको सायंकालीन कर्म मौलिक संस्कृति स्वदेह आत्म म्हपूजा दिन शुभदिन मानेर प्रचलित भएको नेपाल संवत् प्रचलनपछि मात्र म्हपूजा चलेको जस्तो गरेर सांस्कृतिक प्राचीनता खलबल्याउने प्रयत्न व्यवहारमा ल्याउनु कदापि उचित होइन। अतः वि.सं.२०७९ कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसी तिथि समापनसँगै कार्तिक शुक्ल प्रतिपदा तिथि सुरु हुन्छ। घडीपला अर्थात् पूर्वविद्धा कार्तिक शुक्ल प्रतिपदा तिथिमा नेपाल संवत् नववर्ष प्रवेश भई ज्योर्तिगणना आरम्भ हुने बेला बढी योग प्राप्त हुने औँसीमिश्रित प्रतिपदा तिथिको महìवपूर्ण सायंकाल समयमा म्हपूजा गर्न छोडेर ज्योतिष ग्रन्थ एवं धर्मशास्त्रीय प्रमाण र नेपाल भाषाभाषी नेवाःहरूको पुराना थ्यासासफु विपरीत तीन दिनको परम्परालाई चार दिन बनाएको मात्रै होइन। 

सायंकालको पर्वहरूलाई दिउँसो भनेर कात्तिक ९ गते बुधबार परविद्धा प्रतिपदा तिथिमा म्हपूजा र १० गते बृहस्पति बार तृतीयामिश्रित द्वितीया तिथिमा भाइटीका भनेर अशास्त्रीय, मिथ्या, गलत विवरण पात्रोमा छापियो। यसले गलत सूचना प्रवाह भई कोहीले कात्तिक ८, ९, १० गते स्वन्ति मनाउन खोजेकाले नेवाःहरूको प्राचीन सांस्कृतिक एकता एवं मौलिक संस्कृतिमाथि अनादिष्ट भूमिका, क्षणिक अनुत्पन्न स्वार्थान्धले प्राचीन सांस्कृतिक परम्परा बिथोल्ने हुँदा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यथाशीघ्र प्रेस वक्तव्यमार्फत संशोधनसहितको सूचना जनमानसमा प्रवाह नहुनु खेदजनक छ। 

लेखक संस्कृतिविद् हुनुहुन्छ।