सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताउनुभएको छ । शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।
दुई दिनदेखिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बुर्तिबाङ–रुकुम खण्डअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–२ जुग्जाखोला नजिकै आज पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
जिल्लाको छायाँनाथ रारा नगरपालिकाले अत्यावश्यक औषधि उपलब्ध गराउन सहुलियत फार्मेसी सञ्चालनमा ल्याउने भएको छ ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनुभएको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको बताउनुभयो । शनिवार बिहान प्रेस युनियन कास्कीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ । त्यसका लागि बाटो तय भएको छ ।’
रौतहटको मौलापुर नगरपालिका–४ पतौरामामा दुई वर्षीया छोरी र आमा मृत अवस्थामा भेटिएको छ ।
म सूर्य म ताप म जीवन स्रोत
म आज पनि त्यहीँ छु यात्री कुर्दै छु थाह छैन कसलाई
काठमाडौँ, ललितपुर र भक्तपुरका ऐतिहासिक भित्री सहर ज्यादै घना र भिडभाडपूर्ण छन् । पछिल्लो समय विस्तार भएका क्षेत्रमा त घर भेट्न मुस्किल छ भने असन वा पाटनका प्राचीन गल्लीमा बनेका घर भेट्न कति दुष्कर होला ? अनलाइनबाट खरिद गरिएका सामान डेलिभरी गर्नेहरूको सास्ती त झन् कति कति । सन् २०२० को जुनदेखि राजविक्रम महर्जनको टोलीले काठमाडौँ उपत्यकाका नगरपालिकाहरूलाई घरको नम्बरिङका लागि ड्रोन म्यापिङमा सघाइरहेको थियो । नगरपालिकाहरूले स्थानीय योजना तथा अन्य प्रयोजनका लागि सो म्यापिङ प्रयोग गर्न चाहन्थे । उहाँहरूले घरबाटै काम गरिरहनुभएको थियो, बन्दाबन्दीका कारण बाहिर जान पनि समस्या थियो । त्यस बेला राजलाई कोभिड महामारीमा शरीरमा अक्सिजनको मात्रा
तिमीलाई धेरै सम्झाएँ तर तिम्रो कानमा बतास कहिल्यै लाग्दैन । केही सम्झाउँदा मलाई नै गलत ठान्छौ । बरु चाणक्य दर्शन सुन्ने गर । चाणक्यले भनेका कुरा आज पनि प्रासङ्गिक छन् । मान्छे जस्तो कपटी, छली र चाम्रो जात यो ब्रह्माण्डमा कोही छैन । पेटभरि अनेकौँ कुरा राखेर मुखले ठिक्क पार्ने मान्छेको कमी छैन यहाँ । हेर त ! महादेवले पनि सतीलाई आफ्नै बाउको घर जान रोकेका थिए । दिदीबहिनीको वैभवका सामु निम्छरो हुँदा अपमानित हुनु पर्छ भन्ने सन्देश कलियुगका लागि थियो । नत्र सती र शिव त त्रिकालदर्शी थिए । त्यसैले जहाँ हृदयबाट सम्मान हुँदैन, त्यस्तो ठाउँ
ख्यालख्यालमै यो दिल तोडेर गयौ नदीबिच मझधारमा छोडेर गयौ । पर्खाइमै बिती गए सारा दिनहरू हिँडिरहेको बाटो अन्तै मोडेर गयौ ।
एक समय लाग्थ्यो– फुल्नु र सेतो हुनु भनेकै सुन्दर हुनु हो । म घण्टौँ हेरिबस्थेँ... गुराँस, लालुपाते र हिउँचुलीहरू;
आँखा लाइरहेको छु, सूर्य कैले उदाउने हो बसेर एक मधुर गीत, मैले कैले गाउने हो । बाटाका भीर, पहरा छिचोल्दै अघि बढ्नु छ निराशा आए हौसला, आफैँले जगाउने हो ।
श्रीमद्भागवत महापुराण पुराणहरूमध्ये सबैभन्दा कान्छो मानिन्छ । १७ वटा पुराणहरू लेखिसक्दा पनि वेदव्यासलाई पूर्ण सन्तुष्टि भएन । आफ्नै आश्रममा आएका नारदजीसँग व्यासले आफ्नो व्यथा पोखे र नारदले व्यासजीलाई श्रीमद्भागवत महापुराणको रचना गर्ने प्रेरणा दिए । नारदजीको सल्लाह र प्रेरणाबाट व्यासजीले श्रीमद्भागवत महापुराणको रचना गरे र यही ग्रन्थबाट उनलाई परम् सन्तुष्टि प्राप्त भयो । १८ पुराणमध्ये श्रीमद्भागवतलाई नै सर्वश्रेष्ठ पुराणका रूपमा
मेरी आमा जस्तो हुनुहुन्छ त्यस्तै छ मेरो देश काटीकुटी केही फरक छैन नाकको टुप्पोमा रिसको हिमाल