लगातारको वर्षाले ठाउँ–ठाउँमा आएको पहिरोले कर्णाली करिडोर बन्द भएको छ । तीन दिन यताको पानीले कर्णाली करिडोरको खुलालु जारकोट खण्डमा दुई ठाउँमा आएको पहिरोले करिडोर बन्द भएको हो ।
नेपाल स्क्वास र्याकेट्स सङ्घको अध्यक्षमा ध्रुवबहादुर गुरुङ चयन हुनुभएको छ । सङ्घको १४औँ वार्षिक साधारण सभा र पाँचौँ अधिवेशनले आगामी चार वर्षका लागि गुरुङलाई चयन गरेको हो ।
यसवर्ष मनसुन आउनमा ढिलाइ हुँदा कृषकको रोपाइँ प्रभावित भएको छ । रुपन्देहीमा मध्यअसार सकिँदासम्म जम्मा सात प्रतिशत मात्र रोपाइ भएको बताइएको छ ।
मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन मर्मत सुरुको तयारी भइरहँदा त्यो सम्पन्न नहुँदासम्म पानी सञ्चालनका लागि मध्यकालीन सुधारको काम गरिने भएको छ ।
जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले प्लेअफ खेलमा आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् प्रभावकारी बनाउने गरी भूमिका निर्वाह गर्न राजनीतिक पार्टीलाई आग्रह गर्नुभएको छ।
विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको जीर्णोद्धार सुरु गरिएको छ । हावाहुरीका कारण गत फागुनमा चैत्यको गजुर झरेपछि यसको जीर्णोद्धार सुरु गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका –४ रक्षाचौर नजिकै एउटा गन्धर्व टोल छ । करिब ६३ घरधुरीमध्ये सारङ्गी बनाउन र बजाउन औँलामा सीमित व्यक्तिलाई मात्रै आउँछ । अब महानगरले नै बजेट छुट्याएर यसको संरक्षण गर्ने भएपछि गन्धर्व समुदाय खुसी भएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखाले आज (शनिबार) सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताउनुभएको हो ।
मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले घरेलु उद्योगको प्रवर्द्धनका लागि प्रदेश सरकारले प्राथमिकताका साथ कामकाजलाई अगाडि बढाएको बताउनुभएको छ।
मूलपानी क्रिकेट मैदानको नाम अब जयकुमार नाथ शाह हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को शुक्रबार बसेको कार्यसमिति बैठकले माथिल्लो मूलपानी मैदानको नाम क्यानका संस्थापक एवम् पूर्व अध्यक्ष स्वर्गीय ‘जयकुमार नाथ शाह मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ नामाकरण गर्ने निर्णय गरेको हो ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।
फ्रान्सका आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले कुनै पनि किसिमका सम्भावित रात्रिकालीन दङ्गा नियन्त्रण गर्न ४५ हजार प्रहरी अधिकारीहरू तैनाथ गरिएको बताउँनु भएको छ ।
गोरखापत्रकर्मी वसन्त पराजुली सम्मानित हुनुभएको छ । पत्रकारिता र साहित्यका क्षेत्रबाट समाज सेवामा पुर्याएको योगदानको कदर गर्दै नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाले पराजुलीलाई सम्मान गरेको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागिपरेको बताउनुभएको छ। उहाँले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टी आज एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उहाँले आफूले व्यक्तिको नभई पार्टीनै बदल्ने कुरा गरेको बताउनुभयो।