झापामा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।
अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडकखण्ड अवरुद्ध बनेका छन् । दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, कालिगण्डकी करिडोर तथा विभिन्न सडकखण्ड बन्द छन् ।
असार १५ गते झापासहित देशका विभिन्न ठाँउमा विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइएको छ। यो असार १५ मा मेसिनको प्रयोग तथा प्रदर्शनी मुख्य आकर्षणको रुपमा रहेको पाइएको थियो।
डोटीमा निर्माणाधीन अस्पतालको पानी ट्याङ्कीमा बालकको शव भेटिएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ गैराका ८ वर्षीय बालक दिपेश मलासीको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनै तहका सरकारले आफ्नो सोच र कार्यशैली बदलेर मात्र सङ्घीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताउनुभएको छ ।
शनिबार बिहान तीन तले कच्ची घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति भएको छ । घरको माथिल्लो तलामा बिजुली सर्ट भएर आगलागी हुँदा सो क्षती भएको हो ।
पश्चिमी केन्याको व्यस्त सडकमा ट्रकले नियन्त्रण गुमाउँदा अन्य सवारी साधन र पैदल यात्रुहरूमाथि ठोक्किँदा ४८ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताउनुभएको छ ।
चिनियाँ मुद्रा रेन्मिन्बी (युआन) को केन्द्रीय समानता दर शुक्रबार अमेरिकी डलरको तुलनामा ५० पिप्स कमजोर भएर ७.२२५८ मा पुगेको छ ।
आरुहीको शव पङ्खामा झुण्डिएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले बताउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले असार ३ गतेको बाढीपहिरोले प्रभावित क्षेत्रका पुलसहित पूर्वाधार निर्माणका काममा ढिलाइ नगर्न निर्देशन दिनुभएको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का आज (शनिबार) स्वदेश फर्किदै हुनुहुन्छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज (शनिबार) भूकम्पपछि पुनर्निर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गर्नुभएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय पत्रकारहरुले विधेयकहरुको बारेमा कलम चलाउनुपर्ने बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मिटरब्याजी समस्या समाधान गर्न सक्रियता देखाएको छ ।