• १२ साउन २०८१, शनिबार

गृहमन्त्री श्रेष्ठद्वारा सिचुवानमा भूकम्प पुनर्निर्माण क्षेत्रको अवलोकन

blog

सिचुवान प्रान्तमा भूकम्पबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर : रासस

काठमाडौं, असार १६ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज (शनिबार) भूकम्पपछि पुनर्निर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गर्नुभएको छ ।

सिचुवान प्रान्तमा २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो । चीनले छोटो समयमै पुनर्निर्माण सम्पन्न गरी क्षतिग्रस्त संरचनालाई सुरक्षित राखेको छ । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

चीनले सो संरचनालाई एकत्रित गरेर पर्यटकीय स्थलका रूपमा विकास गरेको छ । सो भूकम्पमा परी करिब ७० हजार नागरिकको ज्यान गएको थियो । भूकम्पबाट क्षतिग्रस्त क्षेत्रमा भएको पुनर्निर्माण तथा भूकम्पको अध्ययन अवलोकन गर्नका लागि  वार्षिक ३० लाख मानिस पुग्ने गरेका छन् । रासस