अफिसबाट थाकेर फर्केको थिएँ कोठामा । लौ ल्यापटप त बन्द गर्न नै भुलेँछु । चार्ज १२ प्रतिशत आइपुगेको रहेछ । चार्ज गर्नुप¥यो भनेर हेर्दै थिएँ, एउटा मेलको नोटिफिकेसन देखेँ । महत्त्वपूर्ण मेल हो कि भन्ने लागेर खोलेर हेरेँ, लामो चिठी देखेँ । माथि सम्बोधन गरिएको थियो – प्यारो छोरा ! अब त ठम्याउन गाह्रो भएन, मेल बाबाको रहेछ । त्यसपछिको विवरण यस्तो थियो :
म सदेह तिमीसँग छैन त के भयो ? मेरो हंश तिमीमा एकाकार नै छ नि !
सर्लाहीसहित मधेशका जिल्लामा नेपाली नम्बर प्लेटको तुलनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल बढी सञ्चालन भइरहेका छन्। यहाँका जिल्ला सदरमुकाममै अत्यधिक रूपमा भारतीय मोटरसाइकल प्रयोग हुने गरेको छ। सीमावर्ती क्षेत्रका हाटबजार र गाउँमा नेपाली नम्बर प्लेटका मोटरसाइकल देख्नै मुस्किल पर्छ। तराईमा भारतीय सवारीको बढ्दो प्रयोगले राजस्व सङ्कलनमा कमी मात्रै आएको छैन।
नागरिकता लिनेको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले पालिका अनुसार आलोपालो प्रणाली लागु गरेको छ। जन्मसिद्ध नागरिकका सन्तानबाहेकले लिने नयाँ नागरिकताका लागि आलोपालो कायम गरिएको सो कार्यालयले जनाएको छ। नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन) जारी भएपश्चात् जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु गरिएपछि जिल्ला प्रशासन कार्यालय झापामा भिड बढेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार झापामा २६ हजार ४३० जनाले जन्मसिद्ध नागरिकता लिएका छन्।
मोरङ जिल्लाका केही गाउँमा बिजुली, खानेपानी र सडक अझै पुगेको छैन् भन्दा पत्याउन गाह्रो हुन्छ तर उत्तरी मोरङको मिक्लाजुङ–१ को खोला गाउँमा अझैसम्म खानेपानीको अभाव छ। गाउँको नाम खोलागाउँ। तल तेलीखोलामा बाह्रैमास कञ्चन पानी बगिरहन्छ तर माथि खोलागाउँका झन्डै सय घरपरिवारलाई खानेपानीको चरम सङ्कट छ। यही खोलागाउँका बासिन्दा यति बेला तेलीखोलाको पानी गाउँ लैजान जनश्रमदान गरिरहेका छन्।
कास्कीको अन्नपूर्ण गाउँपालिका–३ को पाउदुरको पहिरोले मध्यपहाडी लोकमार्गको पोखरा–बाग्लुङ खण्डमा भएको सवारी जामको समस्या हटाउन दुई वटा वैकल्पिक सडक सञ्चालन गरिने भएको छ ।
बारबर्दिया नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई आफूखुसी कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । आधारभूत तह अनिवार्य तथा निःशुल्क र माध्यमिक तह (१–१० कक्षासम्म) निःशुल्क घोषणा गरिएको स्मरण गराउँदै पालिकाले एक सूचना निकालेर कुनै पनि शुल्क नलिन निर्देशन दिएको हो ।
बाँकेको कोहलपुर नगरपालिकाले हरित नगरपालिका निर्माणका लागि स्थानीयसँग सहयोग लिने भएको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यले नगरवासीसँग सहकार्य गरी हरित नगरको अवधारणाले मूर्त रूप लिने बताउनुभयो । नगर प्रमुख आचार्यले भन्नुभयो, “नगर क्षेत्रभित्र वृक्षरोपण गरी सहरी सुन्दरता कायम गर्न आआफ्ना घरपरिसरमा सदाबहार हरियाली हुने एवं सौन्दर्य कायम हुने बिरुवा लगाउन सार्वजनिक अपिल गरेका छौँ ।”
नेपाल वायुसेवा निगम १ जुलाई १९५८ मा स्थापना भएको हो। यसको प्रमुख उद्देश्य नेपालभित्र तथा विदेशमा सुरक्षित, कुशल, सुव्यवस्थित र किफायती हवाई यातायात सेवा पु-याउनु हो। देशको पहिलो हवाई कम्पनी भएकाले यसप्रति आमनागरिकको सरोकार र चासो छ। सरकारको पूर्ण स्वामित्व रहेका वायुसेवा निगमको अधिकृत पुँजी रु. ३० करोड रहेको छ। चुक्ता पुँजी रु. १६ करोड २३ लाख र नेपाल सरकारको लगानी २१ करोड ७० लाख गरी निगमको कुल पुँजी रु. ३७ करोड ९३ लाख छ। ठुलो पुँजी लगानी गर्नुपर्ने यस्तो व्यवसायका लागि यो पुँजी ज्यादै न्यून हो। निगमको अधिकृत पुँजी ४० देखि ५० अर्ब जति बढाउन आवश्यक भइसकेको छ। पुँजीको अभाव पूरा गर्न निगमले आफ्नो पुँजीभन्दा बढी हुने गरी बाह्य ऋण र बैङ्कहरूसँग सञ्चयकोष र नागरिक लगानी
सम्बन्ध भावनामा अनुबन्धित हुन्छ। भावनालाई राजनीति, औपचारिक कानुन अनि चिन्तन र दर्शनका दायराले बाँध्नै सक्दैन। आमा र सन्तानबिचको सम्बन्धलाई भावनाले उनेको हुन्छ। विशेषतः हिन्दु धर्मग्रन्थलाई हेर्ने हो भने आमाबुवालाई लौकिक र पारलौकिक परिस्थितिसम्म पूजा गरिन्छ। जीवन रहेसम्म “मातृ देवो भवः, पितृ देवो भवः” भनेरै देवताका रूपमा पुजिन्छ। मृत्युपश्चात् पनि पितृदेवताका रूपमा श्राद्ध गर्ने हिन्दु संस्कृतिभित्रको प्रचलनले अभिभावकप्रतिको श्रद्धालाई उच्च स्थानमा राखिएको देखिन्छ। धार्मिक ग्रन्थ रामायणको कथा अनुसार श्रवणकुमारले देखाएको मातापिताको भक्तिलाई मूल्याङ्कन गरेर स्वयम् भगवान् वि
उपकुलपति एवम् बाल साहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले बाल-साहित्य बालबालिकाका लागि बीज तत्त्व भएको बताउनुभयो । शुक्रवार काठमाडौँमा नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल बाल साहित्य समाजद्वारा संयुक्त रूपमा आयोजित विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बाल साहित्यको अवस्था विषयक गोष्ठीमा पाठ्यपुस्तकको लेखन र सम्पादन, रचना छनोट प्रक्रिया, बाल साहित्यको समावेश लगायतका विषयमा भएको अन्तरक्रियामा बोल्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।
नारायणगढ मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकैको तीन नम्बर पुल क्षेत्रको सडक पुन अवरुद्ध बनेको छ । बिहीबार मध्यान्न १:२० बजे देखि लगातार खसेको सुख्खा पहिरोका कारण अवरुद्ध बनेको सडक शुक्रवार अपराह्न ६ बजे एकतर्फी खुले पनि अवरुद्ध बनेका गाडीहरू पुरै पार हुँदहुँदै शनिबार उज्यालो हुनु पूर्व ३:३० बजे देखि पुनः अवरुद्ध बनेको छ ।
एउटा पहाडियाले अर्को पहाडियालाई भेट्दा पहिलो प्रहर प्रश्न हुन्छ, “तपाईंको पहाड घर कहाँ हो ?” त्यसपछि “आफू कसमा ?” भनेर जात–विरादरी सोध्छन् या सोध्लान्। कवि भूपाल राईले लेखेको यही शीर्षकको कवितामार्फत चर्चाको गाँठो यो लेखोटमा गरिने छ। यसअघिको आलेखमा कविताकै चौदण्डीभित्र विचरण गर्नु परेकाले विषय विस्तारको गहिराइमा पुग्ने सीमा थियो। त्यो सीमित चौघेरा नाघेर यो खण्डमा वाक्यको अर्थ–राजनीति र भू–राजनीतिको सिक्का केलाउने प्रयत्न गरिएको छ। अर्थात् अघिल्लो आलेखको यो पूरक लेख हो।