नेपालका अशोक खड्काले अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने तीन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने हुनुभएको छ।
विहीवार दिउँसोवाट अवरुद्ध नारायणगढ–मुग्लिन सडक केहीवेर अघि आंशिक रुपमा खुलेको छ । झरेको पहिरो पन्छाउँदै यातायात चलाउनेगरि आंशिक रुपमा खुला भएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ । ठूलो पहिरो पन्छाइएको र अहिले झरिरहेको पहिरो पन्छाउदै सडक सञ्चालनमा आएको हो ।
पूर्व सांसद तथा पप्पु कन्स्ट्रकसनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा शुक्रबार बस र दुध बोक्ने ट्याङकर ठोक्किँदा दुई जना घाइते भएका छन् ।
भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले सरकारले कुनै पनि नागरिकलाई भूमिविहीन हुन नदिने बताउनुभएको छ । बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रबार आयोजित जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले देशभर भूमिहिन र अव्यवस्थित बसोबासीलाई सरकारले ब्यवस्थापन गर्ने बताउनुभयो ।
नविन खोज, अनुसन्धान र विकास भन्ने उदघोषका साथ दुई दिने युवा वैज्ञानिक सम्मेलन धनगढीमा आजदेखि सुरु मएको छ । सम्मेलनमा रोवटिक्स फुटवल र यन्त्र रोवेटिक्स रेससम्वन्धी प्रतिस्पर्धा भइरहेको छन् ।
दाङ जिल्लामा हालसम्म करिब ८ प्रतिशत धान रोपाइँ भएको छ ।
मधेश प्रदेशमा कार्यरत गोरखापत्रका समाचारदाताको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालित दुई दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्याउने गरी ल्याइएको दाबी गर्नुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आसपासका गाउँका जनतासँग अन्तरक्रिया गर्नुभएको छ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ अन्तर्गत थोर्गा च्युरेकको लिची गाउँका किसान व्यावसायिक लिची उत्पादनमा लागेका छन् । यस क्षेत्रमा प्रमुख नगदे फलफूल बालीको रुपमा लिची मानिन्छ ।
सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ ।
दोलखाको कालिञ्चोक गाउँपालिका–४ बन्चरे भन्ने स्थानमा बसका सहचालक मृत अवस्थामा भेटिएपछि स्थानीयहरूले यातायात अवरुद्ध गरेका छन् ।
सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु नहुने बताउनुभएको छ।