अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको स्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताउनुभएको छ ।
नेपाल साहित्यिक पत्रकार सङ्घको १७ औँ स्थापना दिवसका अवसरमा सङ्घले पाँच साहित्यिक पत्रकारलाई सम्मानित गरेको छ ।
पाकिस्तानले बिहीबार वाशिङ्गटनमा आईएमएफले तीन अर्ब डलरको नयाँ स्ट्यान्ड–बाइ सम्झौताको व्यवस्था गरेसँगै केही राहत अनुभव गरेको छ । चुलिँदो वैदेशिक ऋणले आक्रान्त बन्दै गएको देशमा यसले अस्थायी राहत अनुभव गर्ने छ ।
मेची राजमार्गअन्तर्गत ताप्लेजुङखण्डको फिदिमस्थित हेवा खोलामा फड्के पुल सञ्चालनमा आएसँगै यात्रुलाई आवत-जावत गर्न केही सहज भएको छ ।
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका–४ को चुँदीफाँटलाई कृषि पर्यटनको नमुना केन्द्र बनाइने भएको छ ।
जनवादी चीनको भ्रमणमा रहनुभएका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान विश्वविद्यालय कमिटीका महासचिव कान ले आज (शुक्रबार) भेट गर्नुभएको छ ।
पछिल्लो समय नयाँ राहदानी लिनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । राहदानी विभागका अनुसार गतको जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चितवनको जगतपुरमा धान दिवसको अवसरमा रोपाइँ गर्नु भएको छ ।
गए रातिदेखि परिरहेको अविरल वर्षाले कालीगण्डकी कोरिडोर सडक अवरुद्ध बनेको छ । कोरिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका –२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
बागलुङको निसीखोला गाउँपालिका –२ अर्नाकोटका दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातको २२ वटा स्याउका बिरुवा लिएर लगाउनुभयो ।
कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो ।
ओखलढुङ्गामा विषालु च्याउ खादा एक जनाको ज्यान गएको छ । विषालु च्याउ खाँदा चिशंखुगढी गाउँपालिका –७ डाँडा गाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो ।
२०औँ राष्ट्रिय धान दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले धान रोपेर उद्घाटन गर्नुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापकरूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।
झापाको बिर्तामोडमा करेन्ट लागेर एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर २ मा सडक निर्माणको क्रममा जमेको पानी मोटरले तानेर फ्याल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।